मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

तस्करीका साढे २३ हजार किलो चिनी बरामद

Ujyalosandeshonline 11876+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

भैरहवा । भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठुलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो।

अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बरामद चिनीको करिब १५ लाख मूल्य बराबरको रहेको बताए। बरामद चिनी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार