मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

माओवादी केन्द्रले भन्यो : अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन बोलाएन

Ujyalosandeshonline 12321+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं  । नेकपा माओवादी केन्द्रले अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन न बोलाएको आरोप लगाएको छ। धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजबाट सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकपश्चात पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष सापकोटाले सरकारले संसद अधिवेशन नबोलाउनु रहस्यमय भएको बताएका हुन् ।

उनले भने,‘कुनै वर्ष मंसिर २८ संसद अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाएको छैन।हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाई भइरहेको छ।’

राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उनको भनाई छ।उपाध्यक्ष सापकोटाले आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेको बताए। सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी जानकारी गराइएको बताए। 

यसैगरी माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिना तराई÷मधेस जागरण अभियान चलाउने भएको छ । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्तासापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए । साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेको उनले बताए । 

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र वृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि उनले बताए । 

उनले भने, ‘पार्टी एकता र वृहत् वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ । महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्याउन पहल गर्ने ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार