मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

माओवादी केन्द्रले भन्यो : अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन बोलाएन

Ujyalosandeshonline 12611+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं  । नेकपा माओवादी केन्द्रले अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन न बोलाएको आरोप लगाएको छ। धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजबाट सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकपश्चात पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष सापकोटाले सरकारले संसद अधिवेशन नबोलाउनु रहस्यमय भएको बताएका हुन् ।

उनले भने,‘कुनै वर्ष मंसिर २८ संसद अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाएको छैन।हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाई भइरहेको छ।’

राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उनको भनाई छ।उपाध्यक्ष सापकोटाले आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेको बताए। सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी जानकारी गराइएको बताए। 

यसैगरी माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिना तराई÷मधेस जागरण अभियान चलाउने भएको छ । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्तासापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए । साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेको उनले बताए । 

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र वृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि उनले बताए । 

उनले भने, ‘पार्टी एकता र वृहत् वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ । महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्याउन पहल गर्ने ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार