मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

‘पुरानो ढर्राले विकास सम्भव छैन, अब विकल्प रोज्नुपर्छ’ : उम्मेदवार तौफिक अहमद खान

Ujyalosandeshonline 12321+ समाचार ( )
२० माघ २०८२, सोमबार

भैरहवा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईमा पनि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । सोमबार एक कार्यक्रमकाबीच स्थानीय नागरिकमार्फत उक्त कार्यालयको उद्घाटन गरिएको छ । रुपन्देही-५ बाट रास्वपाका उम्मेदवार तौफिक अहमद खानले मुलुक परिवर्तनका लागि यस पटकको निर्वाचनमा मतदाताले पनि मतपरिवर्तन गर्नुपर्ने अवस्था रहेको भन्दै पुरानो ढर्राले क्षेत्र र मुलुकको विकास हुन नसक्ने बताए ।

उनले मुलुकमा बढ्दो बेथिती, भ्रष्टाचार, नातावाद, ढिलासुस्ती लगायतका कारण पुराना राजनीतिक दलप्रति बढ्दो निराशाका कारण मतदाताले नयाँ विकल्प रोज्नु पर्ने अवस्था रहेको बताए । स्थापना गरिएको उक्त सम्पर्क कार्यालयमार्फत स्थानीय नागरिकको समस्या संकलन गरिने र त्यही समस्याका समाधानका लागि खाका तयार पारिने पार्टीको निर्वाचन परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार