मुख्य समाचार
महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर | लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद |

देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्छ : मन्त्री तामाङ

Ujyalosandeshonline 12718+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताएका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेश समितिको तेस्रो अधिवेशनबाट निर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शनिबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक विचार आफ्नो ठाउँमा भए पनि सामूहिक काममा सामूहिक हिसाबले लाग्नुपर्ने बताएका हुन् । विकासको काममा सबैले सघाउनुपर्ने तामाङको भनाइ छ । 

आफ्नो मन्त्रालयले विद्युत् सिँचाइको काम गर्ने बताउँदै तामाङले देशका कुनै पनि विपन्न बस्तीमा विद्युत् पुगेको छैन भने विद्युत् प्राधिकरणले आफ्नै खर्च गरेर बिजुली पु¥याउने उनले जानकारी दिए । त्यस्ता बस्ती कतै छुटेका छन् भने आफूलाई जानकारी दिन तामाङले आग्रह गरे । ‘गरिबको घरमा बत्ती बाल्ने जिम्मा सरकारको हो, सरकार केका लागि ? जनताको लागि, सरकार कसको लागि जनताको’, उनले भने । 

उनले पत्रकारलाई सत्य तथ्य कुरा लेख्न र बोल्न आग्रह गरे । पत्रकारलाई गलत नियत राखेर कसैलाई दुःख नदिन पनि आग्रह गरे । मानवीय रूपमा कनै कमी कमजोरी भएको रहेछ भने पनि पहिला सतर्क र सचेत गराई त्यसपछि मात्र सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिदिन उनले सुझाव दिए ।

‘पहिला सम्झाउनुहोस्, सुझाव दिनुस्, त्यसो गर्दा पनि मानेनन् भने बल्ल सार्वजनिक गर्नुहोस्, पत्रकारको काम नागरिकलाई बचाउने हो, कसैलाई मार्ने होइन, समाज बनाउने हो, बिगार्ने होइन’, उनले भने । 

सामाजिक सञ्जालमा भइरहेको छाडातन्त्रलाई रोक्न सरकारले कानुन ल्याउन लागेको पनि उनले बताए । सामाजिक सञ्जालमा गलत कुरा लेख्नेलाई जेल सजायसम्म हुने कुरा तर्फ सचेत हुन पनि उनले आग्रह गरे । उनले पत्रकारलाई इमानका साथ काम गर्न पनि आग्रह गरे । यसरी काम गर्दा समाज र सरकारले पत्रकारिता क्षेत्रलाई आवश्यक सहयोग गर्ने उनले विश्वास दिलाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार