भैरहवा । नेपाल इन्जिनियर्स एसोसिएसनको आयोजनमा भैरहवाम पहिलो पटक टी १० क्रीकेट प्रतियोगिताको आयोजना हुने भएको छ । शुक्रबार र शनिबार सिद्धार्थ क्रीकेट रंगशालामा हुने खेलमा नेपाल भरिका टीम सहभागी हुने आयोजकले जनाएका छन ।
बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक इन्जिनियर कृतेश श्रेष्ठले प्रतियोगितामा पहिलो हुने टिमलाइ ५१ हजार र दोश्रो हुनेलाइ ३१ हजार रुपैया प्रदान गरिने जानकारी दिए । यस संगै म्यान अफ द म्याछ, मेन अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाइ समेत पुरस्कारको व्यवस्था गरिएको जनाए । उनले प्रतियोगितामा सातवटै प्रदेशबाट १३ वटा टीमको सहभागीता रहने बताए ।
देशै भरी छरिएर रहेका इन्जिनियरहरुलाइ एकजुट बनाउने र आवद्द नरहेका इन्जिनियरलाई एसोसिएसनमा आवद्ध गराउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष महेश्वर लम्सालले पेशाकर्मीहरू बीचको सौहार्दता, टिमवर्क र खेलकुदको भावनालाई बढावा दिने उद्देश्यले पहिलो एनइएले क्रिकेट प्रतियोगिता सुरु गरेको बताए । यो खेलकुद कार्यक्रमले लुम्बिनी प्रदेशका इन्जिनियरहरूलाई एकै ठाउँमा ल्याउनेछ, जसले क्रिकेट र व्यावसायिक एकतामा सहयोग गर्ने उनले बताए ।
पत्रकार सम्मेलन लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको प्रमुख आतिथ्यता तथा प्रवेश पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।