मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

Ujyalosandeshonline 12612+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानको नेल लगाएर प्रदर्शन गरेको ४५ दिन पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन् ।

संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।  उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने बताए ।

उनले भने, ‘६ महिना पछाडि फेरी यहीँ ठाउँबाट की वार, की पार हुनेगरी तयारीका साथ काठमाडौं आउनेछौं  । केही समयका लागि कार्यक्रमहरु स्थगित भएको जानकारी पत्रकार सम्मेलनबाटै गराएँ । सरकारको उधारे सम्झौता भन्दा जनताको  आन्दोलन मजबुत बनाउनुपर्छ भन्ने हाम्रो ध्यान छ र लक्ष्य छ ।’ 

दलितका लागि दलित अभियानका संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन गर्दै आएका थिए । 

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार