मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

नेकपा एकीकृतद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

अनिल नेपाली 141+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची  मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चाैहानकाे नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईलाइ भेटी ज्ञापनपत्र बुझाएको हाे ।

ज्ञापनपत्रमा एकीकृत समाजवादीले अपमानपूर्ण इतिहास बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको उल्लेख गदै  आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ। पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रस्ताव अगाडि सारेको अध्यक्ष राम बहादुर चाैहान बताए । एकीकृत समाजवादीले बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैरआवासीय नेपालीलगायतका शिर्षकमा विभिन्न माग राखिएको छ।

एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ भने शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरवलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ। ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले पार्टीले उठाएका समय सबद्व भएकोले यिनी मागलाई जस्ताजस्तै पठाउने प्रतिवद्वता जनाउनु भएको थियोे ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष नारायण शर्मा , युवराज पाैडेल सचिव हृदय कुमार भुसाल लगायतका नेता कार्यकर्ताकाे सहभागीता रहेको थियोे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै