मुख्य समाचार
भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण |

रुपन्देहीको कञ्चनमा मंसिर २८ देखि ‘प्रथम पिपरीचापा महोत्सव’ हुँदै

Ujyalosandeshonline 12336+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका–५ स्थित पिपरीचापा खेलमैदानमा यही मंसिर २८ गतेदेखि ‘प्रथम पिपरीचापा महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । ‘कला र संस्कृतिको जगेर्ना, युवाहरूको एकता’ भन्ने मूल नाराका साथ गौतमबुद्ध सामुदायिक विकास केन्द्रले उक्त महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा प्रकाश सपुत, बद्री पंगेनी, पशुपति शर्मा, ज्योति मगर, खेम सेञ्चुरी, अर्जुन सापकोटा, प्रकाश दुतराज, अस्मिता डल्लाकोटी, एलिना चौहान, पुस्कल शर्मा लगायतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका अध्यक्ष कमल परियारले विगतमा खेलकुद र सामाजिक कार्य सफलतापूर्वक सम्पन्न गरेको अनुभवका आधारमा यो सांस्कृतिक महोत्सव पनि भव्य रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले महोत्सवलाई सफल बनाउन स्थानीय आमा समूह, क्लब र टोल विकास संस्थाहरूको पूर्ण सहयोग रहेको बताउनुभयो । सुपा देउराली माई कम्पनीको व्यवस्थापन र सञ्चारकर्मी दिनेश घिमिरेको संयोजनमा हुन लागेको यो महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव अवलोकनका लागि १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार