मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

दाङमा भएको बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

Ujyalosandeshonline 12320+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । दाङको देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीमा बस खसेर भएको दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । घटनामा १२ मृत्यु र २२ जना घाइते भएको घटनाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन् । 

सभापति देउवाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले पछिल्लो समय सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । 

बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गएराति दाङको भालुवाङनिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । घट्नामा अन्य २२ जना घाइते भएका छन् । 

मृतक १२ जनामध्ये ८ जनाको परिचय खुलेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए । घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार