मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

लालीगुराँस सहकारी ठगी प्रकरण : २२ हजार बचतकर्ता, तीन करोड ठगी

Ujyalosandeshonline 10783+ समाचार ( )
१७ असार २०८१, आइतबार

काठमाडौ । लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरु रहेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका संचालकहरुले वचतकर्ताको निक्षेप रकम अपचलन एवम ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परी आइतबार सार्वजनिक गरिएका संस्थाका अध्यक्षसहित चारजनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन् । तर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । 

आइतबार काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । 

पक्राउ गरी सार्वजनिक भएकाहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 

उनीहरुमाथि पुल्चोकमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ । 

प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ । अध्यक्ष श्रेष्ठ नेपाल बैंक लिमिटेडको मुख्य कार्यालय न्यूरोडमा ३१ बर्ष चिफ म्यानेजर भएर काम गरेको, लालीगुराँसमा भने २०६१ सालमासचिवको रुपमा दुई वर्ष काम गरेको, २०६४ उपाध्यक्षका रुपमा आठ वर्ष काम गरेको, २०७४ सालदेखि अध्यक्षको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

कार्यकारी अधिकृत भण्डारी भने २०५६ सालदेखि हालसम्म निरन्तर पुल्चोक शाखामा विभिन्न पदमा बसेर काम गर्दै आइरहेका थिए । उनी०५६ साल असोज १५ गते म्यानेजरका रुपमा प्रवेश गरेको साथै प्रमुख कार्यकारी अधिकृत, संचालक सदस्य हुदैं हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

भण्डारी ०६६ र २०७६ सालमा गरी दुई पटक सहकारी राष्ट्रिय विकास वोर्डको  संचालक साथै राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ संचालक पदमा रहेर करिव ६ बर्ष काम गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप छ।सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ रहेको पनि प्रहरीको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार