मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एमालेद्वारा महेस बस्नेतको नेतृत्वमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा

Ujyalosandeshonline 12444+ समाचार ( )
१६ कार्तिक २०८२, आइतबार

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भक्तपुरको गुण्डुमा जनसङ्गठन समन्वय संयन्त्रले आज आयोजना गरेको विशेष भेलाले फोर्स गठनको घोषणा गरेको हो ।

एमालेको शनिबार बसेको सचिवालय बैठकले गरेको निर्णय आजै कार्यान्वयन गर्दै एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा आज नौ सदस्यीय कमिटी घोषणा गरिएको हो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले बस्नेतको संयोजकत्वमा विनोद पाण्डे, शक्ति बडाल, मीनबहादुर शाही, पुष्प श्रेष्ठ, वचन देउजा, विनिता काफ्ले, महेश चौलागाईं, निशा लिम्बू गरी नौ जना सदस्य रहनेगरी कार्यसमिति घोषणा गरिएको बताउनुभयो । 

उहाँले जिल्ला जिल्लामा फोर्स गठन गरी देश, पार्टी र पार्टी नेताको सुरक्षाका साथै देशमा सामाजिक सेवामा समर्पित रहने गरी फोर्सको परिचालन गरिने बताउनुभयो । विशुद्ध सामाजिक सेवा र जनतासँग प्रत्यक्ष जोडिने गरी फोर्स परिचालन हुने भन्दै ढकालले कम्तीमा एक लाख युवा कार्यकर्ता फोर्समा आबद्ध गराइने बताउनुभयो । नेता बस्नेतले भक्तपुरबाट पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेको बताउँदै भक्तपुरबाहेक ललितपुर, काठमाडौँ, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा तयारी भइरहेको र सबै जिल्लामा क्रमशः घोषणा गर्ने बताउनुभयो ।

उहाँले आगामी मङ्सिर ५ गते बानेश्वरबाट फोर्सको औपचारिक घोषणा गर्ने र फोर्सलाई ६ गते काठमाडौँमा हुने पार्टीको बागमती प्रदेशको भेला तथा पार्टीको महाधिवेशनमा परिचालन गरिने बताउनुभयो । कार्यक्रममा एमाले ओलीले गुण्डुमा पार्टी नेताका सुरक्षाका लागि खटिएका भूपूसैनिक सङ्गठन, युवा सङ्घ, एमाले भक्तपुर जिल्ला कमिटीलगायतलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार