मुख्य समाचार
संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट |

‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि

Ujyalosandeshonline 12343+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । ललितपुरमा आजबाट ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । 

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटल एसोसियसन नेपाल (हान), नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गर्नेछन्। बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष राखिने छन् । 

सातै प्रदेशमा सञ्चालन गरिएको मेलाको उद्घाटन यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमत्री पुष्पकमल दाहालले सुरु गरेका थिए । यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित विरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा सम्पन्न श्रमाधान रोजगार मेला आज बागमती प्रदेशको ललितपुरमा सुरु हुँदैछ । मेला बुधबार सम्पन्न हुन लागेको हो। मेला प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन भइरहेको हो। 

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार