मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

दान बहादुर बुढा 45+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ । स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो । 

मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरु रातारात जाने गरेको समेत बताएका छन् ।

राता रात गरेर संकलकहरु बन प्रबेश गरेको सुचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ । विगतमा पहिले बन प्रबेश रसिद काटेर जेठ १० गते पालिका भित्र रहेका संकलन क्षेत्रमा अनुमति दिने गरिन्थ्यो तर यस बर्ष प्रवेशको समय अघि नै संकलकहरुको भीड लागेको हो । 

यार्सा संकलकहरुबाछ गत बर्ष ७१ लाख राजश्व संकलन भएको थियो । यस बर्ष विगतको भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिइएको पालिका अध्यष छिरिङ लामाले बताए । विगतका वर्ष भन्दा पछिल्ला बर्षहरुमा यार्सागुम्बा निकै कम पाइने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार