मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ

Ujyalosandeshonline 12334+ समाचार ( )
२६ माघ २०८१, शनिबार

पाल्पा । नेकपा माओवादी केन्द्रको वरिष्ठउपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक, आर्थिक रुपान्तरण को क्षेत्रमा नेपाली समाजले आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् । शनिबार माओवादी केन्द्र तानसेन नगर समिति, पाल्पाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केहीपनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएपनि जति हुनुपर्ने त्यति नभएको बताए । 

उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा, विकास र समृद्धिको क्षेत्रमा, जति फड्को मार्नुपर्ने हो त्यति नेपाली समाजले मार्न सकेको छैन् । केही पनि भएको छैन् भन्ने होईन, निश्चित रुपमा प्रगती भएका छन्, सुधार भएका छन् । तर यति धेरै राजनीतिक परिवर्तन भयो, हजार सहिदको बलिदानको मूल्यमा र जनताको यति ठूलो संघर्षको परिणाम स्वरुप ठूलो राजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनले दिएको अधिकारहरु उपभोग गर्न त पायौं, तर जति हुनुपर्ने भएको छैन् ।’

यसको साथै, उनले देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न सरकार र सदनमा भूमिका खेल्ने बताए । उनले भने, ‘हामी सरकारमा जान चाहन्छौ, देश र जनताको पक्षमा काम गर्न, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन र समाजवादको आधार तयार पार्न र हामी सदनमा पनि यसैको लागि भूमिका खेल्न चाहन्छौ । हामी सबै ठाँउमा देश र जनताको पक्षमा काम गर्नको लागि जान चाहन्छौं । जनतासँगै जोडिएर जागरण अभियान, जनदबाब र जनसंघर्ष पनि अगाडि बढाउन चाहन्छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार