मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |
मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |


अध्यक्षको खर्च, कर्मचारीको टाउकोमा ऋण : रोहिणी गाउँपालिकामा पेस्कीको ब्रह्मलुट

Ujyalosandeshonline 11308+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा अध्यक्ष विद्या प्रसाद यादवले नियम विपरीत पेस्की रकमलाई व्यक्तिगत र मनोमानी ढङ्गले खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । गाउँपालिकाका विभिन्न कार्यक्रम तथा शीर्षकमा ठुलो रकम पेस्कीका रूपमा निकासा गरी त्यसको सदुपयोग र फर्छ्यौटमा चरम लापरबाही देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा गाउँपालिकाको म्याद नाघेको ३४ लाख रुपैयाँ पेस्की नियमानुसार फर्छ्यौट हुन बाँकी रहेको औँल्याएपछि यो प्रकरण सतहमा आएको हो । यस प्रकरणले गाउँपालिकाको आर्थिक सुशासनमाथि गम्भीर प्रश्न खडा गर्नुका साथै सोझा र साना कर्मचारीहरूलाई अन्यायमा पारेको छ ।

महालेखाको प्रतिवेदन अनुसार विशेष गरी कार्यालय सहयोगी जस्ता तल्लो तहका कर्मचारीहरूको नाममा धर्म संस्कृति सहायता, प्रवर्द्धन तथा सामाजिक सहायता लगायतका शीर्षकमा लाखौँ रुपैयाँ पेस्की निकालिएको छ । कार्यालय सहयोगी अनिल चौधरीको नाममा ६ लाख, सत्य नारायण प्रजापतिको नाममा १ लाख तथा मनोज यादवको नाममा विपन्न नागरिक औषधि उपचार र मृतक नागरिकको जिन्सी सहायता शीर्षकमा करिब ३ लाख रुपैयाँ पेस्की म्याद नाघेको देखाइएको छ ।

अझ गम्भीर विषय त के छ भने, कार्यालय सहयोगी श्याम बलि धवललाई २०८० कार्तिक २२ गते एकै दिन तीन वटा शीर्षकमा ३ लाख रुपैयाँ पेस्की दिइएको र लगत्तै भोलिपल्ट कार्तिक २३ गते नियम विपरीत पुनः ५ लाख रुपैयाँ थप पेस्की प्रदान गरिएको पाइएको छ । पुराना पेस्की फर्छ्यौट नहुँदै थप रकम दिन नमिल्ने प्रावधानको यहाँ ठाडो उल्लङ्घन भएको छ ।

गाउँपालिकामा पेस्की लिने तर समयमै फर्छ्यौट नगर्ने प्रवृत्तिले एक किसिमको ‘पेस्की आतङ्क’ नै सिर्जना गरेको छ । यसको मुख्य कारण पेस्की रकमको ठुलो हिस्सा गाउँपालिका अध्यक्ष यादवले आफ्नो स्वार्थअनुरूप परिचालन गर्नु रहेको आरोप लागेको छ । कागजपत्रमा कार्यालय सहयोगी जस्ता साना कर्मचारीको नाम प्रयोग गरिए पनि चेक साटिएपछि उक्त रकम अध्यक्ष वा उनले तोकेका व्यक्तिले लिने र आफूखुसी खर्च गर्ने गरेको स्रोतको दाबी छ ।

अध्यक्षले खर्च गर्दा बिल भरपाई वा प्रमाण जुटाउन चासो नदिने तर नियमअनुसार पेस्की फर्छ्यौटको दायित्व भने सम्बन्धित कर्मचारीकै हुने हुँदा निर्दोष कर्मचारीहरू ठुलो आर्थिक मारमा परेका छन् । कतिपय कर्मचारीहरू फछ्र्यौटको दबाब थेग्न नसकेर दशैं तिहारजस्ता चाडपर्वमा समेत सम्पर्कविहीन हुनुपर्ने अवस्था आएको गुनासो गर्छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५० र ५१ अनुसार तोकिएको म्यादभित्र पेस्की फर्छ्यौट नगरे १० प्रतिशत ब्याजसहित असुल उपर गरिने व्यवस्था छ । थोरै तलबमा काम गर्ने कार्यालय सहयोगीहरूका लागि यो व्यवस्थाले निकै ठुलो मानसिक तनाव सिर्जना गरेको छ ।

नाम नबताउने सर्तमा एक कर्मचारीले आफ्नो नाममा लाखौँको पेस्की निकालिए पनि खर्च गर्ने अधिकार नभएको र अहिले फछ्र्यौटको दबाब आउँदा अध्यक्षले कुनै चासो नदेखाएको गुनासो पोखे । कर्मचारीहरूले यसअघिका प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई समस्या सुनाए पनि कागजात नमिलेको भन्दै सुनुवाइ नभएको बताएका छन् ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले भने पेस्की फर्छ्यौट प्रक्रियामा रहेको बताएका छन् । उनले अघिल्लो अधिकारीहरूले समयमै दायित्व नसारेकाले कठिनाइ आएको जिकिर गर्दै चालु आर्थिक वर्षभित्र विधि पुर्‍याएर फर्छ्यौट गरिने जानकारी दिए । उता गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले रकम आफूले प्रयोग गरेको स्वीकार गर्दै गाउँघरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नै उपस्थितिमा आर्थिक सहयोग गरिएको दाबी गरेका छन् । उनले समयमै कागजात नबुझाए पनि अहिले लेखामा प्रमाण पेस भइसकेको र छिट्टै फर्छ्यौट हुने बताए ।

हाल कार्यालय सहयोगी पवन कुमार गौडको ५ लाख रुपैयाँ फर्छ्यौट भइसकेको र अन्यको हकमा कागजात मिलाउने प्रक्रिया चलिरहेको गाउँपालिकाले जनाएको छ । तर, जनताको करबाट उठेको रकमलाई यसरी गैरजिम्मेवार ढङ्गले प्रयोग गर्नु र साना कर्मचारीलाई बलीको बोका बनाउनु दण्डनीय भएको सरोकारवालाहरूको भनाइ छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार