मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक

Ujyalosandeshonline 12612+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीसँगको बैठकमा प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी  आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी सोहीअनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने प्रहरी महानिरीक्षक कार्कीको भनाइ थियो । उहाँले सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि एवं तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताउनुभयो । गुण्डागर्दीविरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुन उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइ कार्यक्रममार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकले महसुस गर्नसक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समसामयिक विषयमा निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षकलगायत प्रदेश कार्यालय र जिल्ला कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार