मुख्य समाचार
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत | साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज | कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा | सेती नदीमा टिपर खस्दा चालक बेपत्ता | गरिमाको न्यायका लागि परिवार र सरकारबीच गृह मन्त्रालयमा वार्ता | प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभयो मुक्तिनाथको दर्शन |

पार्टी प्रति आस्था भएपनि सरकारको निर्देशन कर्मचारीले मान्नै पर्छ : सभापति देउवा

Ujyalosandeshonline 12119+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारीको जुन पार्टी प्रति आस्था राख्ने भएतापनि सरकारले दिएको निर्देशन मान्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा ‘कर्मचारी’ पुस्तक बिमोचन) कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले जुन पार्टी प्रति आस्था राख्ने भएता पनि कर्मचारीले असहयोग गर्यो भने सरकारको काम पूरा नहुने भएकाले सरकारले दिएको निर्देशन मान्नु पर्ने बताएका हुन् । 

उनले भने,‘हिजो को कुन पार्टीमा थियो आजकुन पार्टीमा छ भन्ने कुरा होइन । कोइ कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला  । जुन पार्टी प्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नु पर्ने हुन्छ । कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुदैन । त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी  भएतापनि सरकारको निर्णय लागु गर्ने काम उनीहरुको कर्तव्य हो ।’

उनले निर्वाचित सरकारले बनाएका नीति नियमहरु कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको रहेको निर्वाचित सरकार र निजामति कर्मचारी सरकारी बीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए । 

उनले भने,‘निजामति कर्मचारीलाई स्थायी सरकारका रुपमा लिइन्छ । निर्वाचित सरकार अस्थायी सरकार र निजामति कर्मचारी स्थायी सरकार गरि दुईवटा सरकारका रुपमा लिइएको छ । निजामति कर्मचारीहरु अवकाशन हुञ्जेल सम्म रहिरहन्छ भने निर्वाचित सरकार निश्चित समय पछि फेरिन्छ । जित्यो भने रहने हार्यो भने जाने । नीति नियमहरु एकीकृत निर्वाचीत सरकारले बनाउने हो । त्यसको कार्यान्वयन गर्ने काम निजामति कर्मचारीहरुको हो । त्यसैले यीदुई सरकार बीचमा सहकार्य र समन्वयको आवश्यकता छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार