मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘सहकारी प्रकरणमा कांग्रेस–एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन’

Ujyalosandeshonline 12614+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउदा जोडतोडसँग हंगामा भएतापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने वित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए । 

उनले छानविन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे । 

‘सहकारी ठगीको विषयमा ठूलो हो हल्ला भयो । छानविनका लागि समिति गठन भयो । सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठूला नेताहरुको नाम आउन थाल्यो । त्यसपछि पहिले झै भ्रष्टाचारको काण्ड दबाएझैं गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्, उनले भने,‘ एकातिर क्लिन चिट पाए रविले भनेको छ । अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ । त्यो कस्तो प्रतिवेदन हो ?जसले जे पनि बोल्न मिल्ने । रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो । जब ठूला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाउँ भाले भनेजस्तै गरी फासफुस बनाउने काम भयो ।’  

उनले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामकासाथ संविधान दिवस मनाएतापनि जनताको कुनै उत्साह नरहेको बताएका छन् । सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन् भन्ने प्रमाणीत भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार