मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

Ujyalosandeshonline 12611+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

हेटौंडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ ।

अभियानमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रंग दलेर मेटाइदिएका हुन् । उनीहरुले हेटौंडा अस्पतालमात्र लेखेको अर्को बोर्डसमेत झुन्डाएका छन् । अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्नेमा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

यता अस्पतालले भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल भनि बोर्ड राखेको थियो । एकातिर नेपाल सरकारको लोगो र अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो रखिएपछी यस विषयमा पुनः विवाद निस्किएको हो । अदालतको फैसला अगावै अस्पतालले हेटौंडा अस्पताललाई प्रतिष्ठानसंग जोड्न कानुन सम्मत नहुने जानकारहरुको भनाई छ ।

समितिले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्नुपर्ने, अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका माग राख्दै नागरिक हस्ताक्षर अभियान, मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण लगायतको कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार