मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

अदुरदर्शी पोखरा महानगरका जनप्रतिनिधि : भ्रमण वर्ष घोषणाको मुखमा पोखरामा सर्वत्र फोहोरको थुप्रो

Ujyalosandeshonline 12348+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

पोखरा । पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न चार दिन बाँकी छ । तर महानगरका जनप्रतिनिधिहरुको अदुरदर्शी नेतृत्वकाकारण यति बेला पोखराका घर , चोक, गल्लीहरुमा फोहोरको थुप्रो देखिएका छन् ।

६ महिनाको लागि भन्दै पोखरा बाच्छेबुडुवाबाट पोखरा ३० लामेआहालमा सारिएको ल्याण्डफिल साइट साढे दुई वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।

लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता माघ २३ देखि सकिएको छ । दोश्रो पटक गरिएको सम्झौता सकिंदा पनि पोखरा महानगरले ल्याण्डफिल साइट अन्यत्र सारे तर्फ ध्यान नदिए पछि लामे आहालमा फिहिर फाल्न स्थानीय बासिन्दाहरुले रोकिदिएका छन् । त्यसैले विगत पांच दिनदेखि पोखराका सडक , गल्ली , घर–चोकमा फोहोरका थुप्रोहरू थुप्रिएका छन् ।

पोखरा ३३ पुँडीटारको झाँक्री खोलामा प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले तयारी थालेको थियो । तर स्थानीय जग्गाधनीले मालपोत र चलनचल्तीको भाउ भन्दा बढी मूल्य गरेपछि महानगर पछि हटेको पोख्जरा महानगर पालिकाको कार्यालयका प्रबक्ता कृष्ण प्रसाद तिवारीले जानकारी दिए । त्यहाँका १७ जना जग्गाधनीको ९३ रोपनी जग्गा अधिग्रहणको लागि रोक्का राखिएको छ ।

भाउ नमिलेपछि अधिग्रहण हुन नसकेको हो । २०८० मंसिर १७ गते बसेको सार्वजनिक निजी साझेदारी समितिको बैठकबाट टेरासल्व रिन्यूयवललाई प्रशोधन केन्द्र सञ्चालन गर्ने गरी छनोट गरिएको थियो । २ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उद्घाटन अघि बाच्छेबुडुवाको ल्याण्डफिल साइट लामे आहाल सारिएको हो ।

पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोर ल्याण्डफिल साइट पु¥याउन ८ वटा कम्पनीलाई जिम्मा दिइएको छ । उनीहरूले दैनिक तालिका बनाएर फोहोर संकलन गर्छन् । उनीहरूलाई ३ वर्षको २ करोड ४८ लाख रुपैयाँ लिने गरी ठेक्का दिइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार