मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

ओमसतिया गाउँपालिकाको चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता: वडा नं ६ लगातार दोस्रो पटक च्याम्पियन, अनिल यादव प्लेयर अफ द म्याच

Ujyalosandeshonline 11864+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

भैरहवा । ओमसतिया गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२/८३ भव्यताका साथ सम्पन्न भएको छ। साविक विजेता वडा नं ६ ले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै पुनः प्रथम स्थान हासिल गरेको छ। यसैगरी, साविक उपविजेता वडा नं २ यसपटक पनि उपविजेता बनेको छ। फाइनल खेलमा अविस्मरणीय प्रदर्शन गरेका अनिल यादव प्लेयर अफ द म्याच घोषित भएका छन्।

ओमसतिया गाउँपालिका–२ स्थित कर्मडाँडा खेल मैदानमा "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ सुरु भएको यस प्रतियोगिताले युवाहरूमा खेलकुद भावना र अनुशासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा व्यक्तिगत विधाका पुरस्कारहरू पनि घोषणा गरिएका छन्। वडा नं ६ का मनोज कुमार यादव प्लेयर अफ द टुर्नामेन्ट बनेका छन् भने वडा नं ५ का अजय यादव उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन्। वडा नं २ का सुदिप यादवले उत्कृष्ट बलरको उपाधि जितेका छन्। यसैगरी, वडा नं २ कै बसन्त चौधरीले उत्कृष्ट फिल्डरको पुरस्कार प्राप्त गरेका छन् भने वडा नं ३ का पियुस गुरुङ इमर्जिङ्ग प्लेयर बनेका छन्। वडा नं ३ लाई अनुशासित टिमको रूपमा सम्मानित गरिएको छ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले खेलकुद केवल मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरणको सशक्त माध्यम भएको बताउनुभयो। उहाँले युवामा बढ्दै गएको कुलत, नशा र नकारात्मक प्रवृत्तिबाट जोगाउन खेलकुद अत्यन्त प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो।

पुरस्कार वितरण समारोहमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूले विजेता टोलीहरूलाई पुरस्कार वितरण गरेका थिए। यस प्रतियोगिताले ओमसतिया गाउँपालिकामा खेलकुदको वातावरणलाई थप जीवन्त बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार