मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

ओमसतिया गाउँपालिकाको चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता: वडा नं ६ लगातार दोस्रो पटक च्याम्पियन, अनिल यादव प्लेयर अफ द म्याच

Ujyalosandeshonline 12612+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

भैरहवा । ओमसतिया गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२/८३ भव्यताका साथ सम्पन्न भएको छ। साविक विजेता वडा नं ६ ले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै पुनः प्रथम स्थान हासिल गरेको छ। यसैगरी, साविक उपविजेता वडा नं २ यसपटक पनि उपविजेता बनेको छ। फाइनल खेलमा अविस्मरणीय प्रदर्शन गरेका अनिल यादव प्लेयर अफ द म्याच घोषित भएका छन्।

ओमसतिया गाउँपालिका–२ स्थित कर्मडाँडा खेल मैदानमा "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ सुरु भएको यस प्रतियोगिताले युवाहरूमा खेलकुद भावना र अनुशासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा व्यक्तिगत विधाका पुरस्कारहरू पनि घोषणा गरिएका छन्। वडा नं ६ का मनोज कुमार यादव प्लेयर अफ द टुर्नामेन्ट बनेका छन् भने वडा नं ५ का अजय यादव उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन्। वडा नं २ का सुदिप यादवले उत्कृष्ट बलरको उपाधि जितेका छन्। यसैगरी, वडा नं २ कै बसन्त चौधरीले उत्कृष्ट फिल्डरको पुरस्कार प्राप्त गरेका छन् भने वडा नं ३ का पियुस गुरुङ इमर्जिङ्ग प्लेयर बनेका छन्। वडा नं ३ लाई अनुशासित टिमको रूपमा सम्मानित गरिएको छ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले खेलकुद केवल मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरणको सशक्त माध्यम भएको बताउनुभयो। उहाँले युवामा बढ्दै गएको कुलत, नशा र नकारात्मक प्रवृत्तिबाट जोगाउन खेलकुद अत्यन्त प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो।

पुरस्कार वितरण समारोहमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूले विजेता टोलीहरूलाई पुरस्कार वितरण गरेका थिए। यस प्रतियोगिताले ओमसतिया गाउँपालिकामा खेलकुदको वातावरणलाई थप जीवन्त बनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार