मुख्य समाचार
"ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा | सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा | लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सीमा सुरक्षा र शान्ति व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन | सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ |
मुख्य समाचार
"ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा | सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा | लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सीमा सुरक्षा र शान्ति व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन | सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ |


फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

Ujyalosandeshonline 12640+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल÷रेष्टुराँमा छुट सुविधा दिइएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । “छुट योेजनामा अहिलेसम्म ५० वटा होटल समावेश गरिएको छ, यो सङ्ख्या अझै थपिन्छ”, उहाँले भन्नुभयो, “छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल रहेका छन्, कतिपय तारे होटल पनि छन् ।”

बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको उहाँको भनाइ छ । पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याए पनि पछि थप हुनसक्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।  “फ्लाई दुबईको पोखरा–दुबई उडानलाई नियमित र दिगो बनाउनु होटल व्यवसायीको पनि दायित्व सम्झेर छुट योजना ल्याइएको हो”, उहाँले भन्नुभयो ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु÷पर्यटकलाई छुटको सुविधा दिइने बताउनुभयो । “तीन महिनासम्म छुट योजना लागू हुन्छ, पछि परिस्थिति हेरेर थप्न पनि सकिन्छ”, उहाँले भन्नुभयो, “पोखराबाट हुन लागेको फ्लाई दुबईको उडानलाई दिगो र सफल बनाउन सबैको हातेमालो चाहिन्छ ।”

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका अन्य पर्यटन व्यवसायीले पनि फ्लाई दुबईको उडानलाई लक्ष्य गरेर छुट योजना ल्याउन लागेको बताउनुभयो । “एकीकृत रुपमा छुट प्याकेज बनाउने र त्यसलाई एप्समार्फत सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा–दुबई हवाई उडानलाई दिगो र प्रभावकारी बनाउन पोखरेली पर्यटन व्यवसायी एकजुट छौँ ।”

पोखरा पर्यटन परिषद्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरुले पनि यसमा सक्रियता बढाएका छन् । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान गर्न लागेको हो ।

दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । उडान तालिकाअनुसार दुबईदेखि उडेको जहाज बुधबार साँझ साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । पोखराबाट यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिँह रावतले जानकारी दिनुभयो । 

फ्लाई दुबईको 737 र MAX 8 /  MAX 9  ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताउनुभयो । उक्त जहाजमा एक सय ३८ देखि एक सय ८९ सम्म यात्रु क्षमता रहेको उहाँको भनाइ छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको सूचना अधिकारी रावतले बताउनुभयो । 

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने जनाइएको छ । एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने जनाइएको छ । पोखरादेखि दुबईहुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्नेछन् ।

लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् । पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानबाट मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिनेछ । यस उडानलाई दिगो रुपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार