मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

प्रदेश सरकारको विशेष टोलीले एसईई परीक्षाको अनुगमन गर्ने

Ujyalosandeshonline 10783+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

जनकपुर । चैत्र ७ गत्तेदेखि सुरु हुन लागेको एसईई परीक्षालाई व्यवस्थित गर्न मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ । परीक्षालाई व्यवस्थित एवम मर्यादित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले आठवटै जिल्लाका प्रमुख अधिकारीलगायत सरोकारवाला निकायलाई विभिन्न सल्लाह, सुझावका साथै निर्देशनसमेत दिएको छ । 

सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा (एसईई) २०८१ संचालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले यसपालीको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवाला निकाय, सुरक्षा निकाय, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरेका छन् । उनले सुरक्षाको दृष्टिकोनले परीक्षा केन्द्रको मुल गेटमै सीसीटिभी क्यामेरा जडान गर्न प्रमुख जिल्लाअधिकारी र केन्द्राध्यक्षहरुलाई सुझाव दिएका छन् ।

कुनै विद्यार्थीले चोरी गरेको फेला परेको खण्डमा कक्षाकोठामा उपस्थित गार्डलाई कारबाही गर्न र कोही विद्यार्थीले मोबाइल परीक्षाकेन्द्रमा लगेमा उक्त मोबाई जफत गरी फिर्ता नदिईनेलगायतका नियम लागु गर्न मुख्यमन्त्री सिंहले सुझाव दिए ।

उनले प्रदेशमा सबैभन्दा राम्रो व्यवस्थापन र मर्यादित परीक्षा सञ्चालन गर्ने केन्द्राध्यक्षलाई प्रदेश सरकारले पुरस्कृत गर्ने घोषण पनि गरे । त्यसकालागि प्रदेश सरकारले विशेष टोली बनाई परीक्षाकेन्द्रहरुको अनुगमन गर्ने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारीले विद्यार्थीहरुले परीक्षामा बढी अंक ल्याउनु भन्दा बुझेर पढ्न आवश्यक रहेकोमा जोड दिए । उनले विद्यार्थीहरुले चोरी गरेर बढी अंक प्राप्त गरेर आगामी दिनमा आफूलाई नै अझ बढि समस्यामा पार्ने बताए । कार्यक्रममा शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले दिएको जानकारी अनुसार यस वर्ष मधेश प्रदेशमा ८८,८५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार