बेचु गौड
परासी । प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै नवलपरासीको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेसँगै रामग्राम १६ सितापुर स्थित कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजमा स्थानिय लागेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उक्त स्थानमा प्राचिन बस्तु फेला परेको र सोही अनुसार सितापुरको कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजका लागि पुरातत्वको खोज गर्न लागेका हुन् ।
राजधानीसँग समकालिन कुनै नगर भएको र उक्त स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताएका थिए । अहिले यादवलाई नै सितापुरमा पनि लगेर अध्ययनका लाग पुरातात्विक समाग्रि संकलन गर्न लगाइएको स्थानिय राधेश्याम सिँह सैथवारले बताए ।
कोलनगरको कोटहीमाईसँगै साईने भएको यो सितापुर पनि पुरातात्विक स्थल भएको स्थानियले बताउदै आएका थिए, सैथवारले भने,त्यही भएर पुरातत्वका जाकार यादवलाई सितापुरको कोटईमाई स्थानमा पुरातात्विक बस्तु खोज्न लगाइएको थियो । फेला परेका बस्तुहरु प्राचिन नै भएको र कति प्राचिन हो,त्यसको लागि उनले संकलित समाग्रि पुरातत्व विभागमा पठाउने गरि लगेका छन् ।
पुरातत्वका विज्ञहरुले पहिचान गरेर पठाए पछि सो स्थान पनि बुद्धकालिन प्राचिन स्थान भएको हुन सक्नेमा उनले विश्वास ब्यक्त गरेका थिए । पण्डितपुर र प्राचिन नन्दननगर पडरीको विचमा पर्ने सितापुर कोटहीमाई स्थान पनि प्राचिन स्थल नै हुने दाबी स्थानियले गर्दै आएका छन् ।
ननईमा पनि केही दिन पहिला स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरु फेला परेको थियो । त्यसबारे पनि पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराइ सकिएको छ । पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्, त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरु केही ल्याएर घरमै संरक्षित गरि राखेको छ यादवले बताएका थिए ।
उनका अनुसार बाकी त्यही यत्रतत्र छरिएका छन् । इसा पुर्व ८ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ ।
यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको कृयाशिलता,स्थानियबासीको सहभागिता हुन आवश्यक छ । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन,चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरुपमा रहेको देखिन आएको थियो ।
उत्खननका क्रममा प्राचिन पोष्टहाmे,खैरो भाडो(ग्रेवर),एनबिपि,विभिन्न प्रकारका भाडाकुडा,बुद्धमुर्ति,धातुहरु जस्ता बस्तुहरु फेला परेको यो स्थान हो । ,तर सरकारी संरचना नहुदा ब्यवस्थित काम हुन सकिरहेको छैन् । अहिले राजधानी नजिकैको आर्को नगर भएको पहिचानमा आउनु पुरातात्विक सम्पदा थपिएको छ ।