मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |
मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |


उद्योगी–व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन आग्रह

Ujyalosandeshonline 11042+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जिल्लाका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप कुमार क्षेत्रीलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संघको सभाहलमा बिहीबार भएको स्वागत तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्वागत गर्दै यस क्षेत्रमा रहेका उद्योगी–व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उनले खुल्ला सीमाका कारण यहाँको उद्योगी–व्यवसायीलाई समस्या सिर्जना हुने गरेको भन्दै चोरी–तस्करी र सीमा पार अपराधलाई नियन्त्रण गर्न प्रहरीले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपालको पर्यटन क्षेत्रको मुख्य नाका बेलहिया पनि यही रहेकोले यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिम्मेवारी पूर्वक अगाडि आग्रह गरे । उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न आग्रह गर्दै रोलमोडल कमाण्डरको परिचय बनाउन सुझाव दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रहरी प्रमुख क्षेत्रीलाई सफलताको शुभकामना दिदै सहकार्यका लागि संघ तयार रहेको बताए । सीमा क्षेत्रमा उद्योग–व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई प्रहरीले दुःख दिने गरेको भन्दै सहजीकरणका लागि उनले आग्रह गरे । 

संघ पूर्वअध्यक्ष, सल्लाहकार  तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद शर्माले रुपन्देही संवेदनशील जिल्ला भएको जानकारी दिदै यहाँ विगतमा भएका गोलीकाण्ड तथा चोरी–तस्करी र डकैतीको अनुसन्धानमा प्रहरी चुकेको बताउँदै यस्तो घटनामा प्रहरी संवदेनशील हुनुपर्ने बताए । उनले प्रहरीले पनि सेवा दिनका लागि कहिलेकाही पेशा भन्दामाथि नेपाली नागरिक हो भन्ने सोचका साथ नेपाल र नेपालीको सेवामा गम्भिर भएर लाग्नुपर्ने सुझाव दिए । 

संघका सल्लाहकार, पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । उनले रुपन्देही जिल्लाका पूर्व प्रहरी प्रमुख विक्रम सिंह थापाले जस्तै सिंघमको रोलमा रहेर काम गर्न एसपी क्षेत्रले सुझाव दिदै चोरी तस्करी नियन्त्रण तथा सीमा अपराध न्यूनीकरणमा विशेष ध्यान दिन आग्रह गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्माले सिद्धार्थनगरभित्र पर्ने बेलहिया नाका देशका ७७ वटै जिल्लाका मानिसहरुले प्रयोग गर्ने सीमा नाका भएको जानकारी बताए । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थल भएको जिल्ला भएका कारण सुरक्षालाई व्यवस्थित गर्ने योजनामा स्थानीयसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले सडकपेटीमा सवारीसाधन तथा मोटरसाईकल पार्किङ गर्ने गर्दा पर्यटकलाई हिंड्डुल गर्न समस्या भएको बताए । उनले रात्रीकालिन बजार खुल्ला गर्नुपर्ने भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउन आग्रह गरे ।  देशको समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताउँदै श्रेष्ठले प्रहरीसँग पर्यटन व्यवसायी हातेमालो गर्न तयार रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार राम कुमार शर्माले सीमा क्षेत्रमा लागूऔषध प्रयोग गर्दा र ओसारपसार गर्नेहरुको संख्यात्मक वृद्धिले युवा पुस्तालाई गलत मार्गमा हिंडाएको भन्दै चिन्ता व्यक्त गरे ।

संघका सल्लाहकार वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले प्रहरीले नागरिकलाई दुःख दिने उद्देश्यका साथ जाहेरी लिने तर, त्यसको अनुसन्धानमा जालझेल गर्ने गरेको भन्दै त्यसतर्फ नयाँ प्रहरी प्रमुखले ध्यान दिन आग्रह गरे । संघका सल्लाहकार गोपाल भण्डारीले बजारमा पछिल्लो समय बजारमा मगन्तेहरुको बिगबिगी रहेको र ती मगेन्तहरु रातीको समयमा चोरी कार्यमा लाग्ने गरेको भन्दै यस्ता मानिसहरुलाई प्रहरीले पहिचान गर्नुपर्ने बताए । संघका सचिव मंगल भण्डारीले विभिन्न पार्टी तथा विवाहमा बजाईने बाजा तथा साउण्डले गर्दा ध्वनी प्रदुषण बढ्दोरहेकाले यसको रोकथामका लागि आग्रह गरे ।

संघका कार्यसमिति सदस्य विकास गोयनकाले मर्चवारका कृषकहरुले खाद्यान्न विक्री वितरणमा प्रहरीले समस्या पार्ने गरेको बताए । संघका कार्यसमिति सदस्य कमल ज्ञवालीले रुपन्देहीमा भारतीय बजारबाट अवस्थकर मासुको तस्करी भइ नेपालतर्फ रुपमा आउने गरेकाले नियन्त्रणका लागि रुपन्देही प्रहरी प्रमुख क्षेत्रीलाई आग्रह गरे । 

कार्यसमिति सदस्य रचना क्षेत्रीले नयाँ युवामा लागूऔषध सेवन तथा दुव्र्यसनी बढ्दो रहेकाले प्रहरी त्यसतर्फ चनाखो भएर नागरिकसँग सहकार्य गर्नुपर्ने बताए । लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका महासचिव तथा संघका कार्यसमिति सदस्य प्रितम रौनियारले सडक डिउटीमा रहेका केही प्रहरी सधै मोबाइल फोनमा व्यस्त देखिने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने सुझाव दिए । संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले उद्योगी–व्यवसायीको सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले समाजको शान्ति सुरक्षामा नागरिकको पनि भूमिका महत्वपूर्ण रहेको बताए । प्रहरी कार्यालयमा अहिले मिटरब्याजी तथा लेनदेनका मुद्दाहरुको संख्या बढ्दो रहेको बताउँदै त्यसलाई सहजीकरण गर्नका लागि टीम तयार गरेर कार्य गरिरहेको जानकारी दिए ।

रुपन्देहीमा केही चोरी तस्करी हुने गरेका खबरहरु प्राप्त भएकाले त्यसको रोकथामका लागि आफूले मातहतलाई कडा निर्देशन दिएको उनको भनाइ छ । सुरक्षाका कारण सीमा क्षेत्रमा परिचयपत्रको आधारमा आवतजावत गर्नका लागि आम नागरिकलाई अनुरोध गर्दै एसपी क्षेत्रीले स्थानीय जनसमुदायको सल्लाह सुझावमा आफूले काम गर्ने बताए ।

बजारमा ट्राफिक व्यवस्थापनमा केही समस्या रहेको भन्दै सबैले मिलेर यसको समाधानका लागि सहकार्य गर्नपर्ने उनको भनाइ छ । नागरिकको सुरक्षाका लागि आफूले सम्पूर्ण शक्ति परिचालन गरिरहेको भन्दै उनले सुरक्षाको जिम्मेवारी आफ्नो रहेकाले ढुक्क भएर व्यापार–व्यवसाय सञ्चालन गर्न अनुरोध गरे ।कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति, सल्लाहकार, परामर्शदाता र उद्योगी–व्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार