मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देहीमा ६५.८७ प्रतिशत मतदान, शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न

Ujyalosandeshonline 12611+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

भैरहवा । रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ दशमलव ८७ प्रतिशत मत खसेको छ । जिल्लाको पाँच वटा निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा अन्य ३ जनासहित ४ लाख ४२ हजार ९ सय ६३ जना (६५ दशमलव ८७ प्रतिशत) ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् । जसमध्ये २ लाख ३२ हजार एक सय १७ जना महिला र २ लाख १० हजार ८ सय ४३ पुरुष छन् ।

जिल्लामा कुल मतदाताको संख्या ६ लाख ७२ हजार ५ सय २३ रहेको छ । उनका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ९७ हजार २ सय ११ जनाले मतदान गरेका छन । जसमध्ये ५२ हजार २ सय ९४ जना महिला, ४४ हजार ९ सय १६ पुरुष र अन्य ३ जना छन् । यो क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् । जसमध्ये ४७ हजार १ सय ३५ महिला, ३९ हजार ५ सय ७८ पुरुष र अन्य २ जना रहेका छन् । १ लाख ४० हजार ३५ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ९७ हजार ३ सय ८७ जनाले मतदाताले मतदान गरेका छन् । जसमध्ये ४९ हजार ८ सय ९९ महिला र ४७ हजार ४ सय ८८ जना पुरुष रहेको प्रमुख अर्यालले बताइन् ।

यस्तै क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकोमा ७६ हजार ८ सय १२ जनाले मतदान गरेका छन् । जसमध्ये ३७ हजार ७ सय १८ महिला र ३९ हजार ९४ जना पुरुष रहेका छन् । १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८४ हजार ८ सय ३८ जना मतदाताले मतदान गरेका छन्।

जसमध्ये ४५ हजार ७१ महिला र ३९ हजार ७ सय ६७ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । ‘जिल्लाका पाँचवटै क्षेत्रका विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका मतगणनास्थलमा संकलन गर्ने कार्य भइरहेको छ’ प्रमुख अर्यालले भनिन्, ‘संकलन पश्चात बस्ने सर्वदलीय बैठकको निर्णय अनुसार क्षेत्रहरुमा मतगणना सुरु हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार