मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देहीमा ६५.८७ प्रतिशत मतदान, शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

भैरहवा । रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ दशमलव ८७ प्रतिशत मत खसेको छ । जिल्लाको पाँच वटा निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा अन्य ३ जनासहित ४ लाख ४२ हजार ९ सय ६३ जना (६५ दशमलव ८७ प्रतिशत) ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् । जसमध्ये २ लाख ३२ हजार एक सय १७ जना महिला र २ लाख १० हजार ८ सय ४३ पुरुष छन् ।

जिल्लामा कुल मतदाताको संख्या ६ लाख ७२ हजार ५ सय २३ रहेको छ । उनका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ९७ हजार २ सय ११ जनाले मतदान गरेका छन । जसमध्ये ५२ हजार २ सय ९४ जना महिला, ४४ हजार ९ सय १६ पुरुष र अन्य ३ जना छन् । यो क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् । जसमध्ये ४७ हजार १ सय ३५ महिला, ३९ हजार ५ सय ७८ पुरुष र अन्य २ जना रहेका छन् । १ लाख ४० हजार ३५ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ९७ हजार ३ सय ८७ जनाले मतदाताले मतदान गरेका छन् । जसमध्ये ४९ हजार ८ सय ९९ महिला र ४७ हजार ४ सय ८८ जना पुरुष रहेको प्रमुख अर्यालले बताइन् ।

यस्तै क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकोमा ७६ हजार ८ सय १२ जनाले मतदान गरेका छन् । जसमध्ये ३७ हजार ७ सय १८ महिला र ३९ हजार ९४ जना पुरुष रहेका छन् । १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८४ हजार ८ सय ३८ जना मतदाताले मतदान गरेका छन्।

जसमध्ये ४५ हजार ७१ महिला र ३९ हजार ७ सय ६७ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । ‘जिल्लाका पाँचवटै क्षेत्रका विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका मतगणनास्थलमा संकलन गर्ने कार्य भइरहेको छ’ प्रमुख अर्यालले भनिन्, ‘संकलन पश्चात बस्ने सर्वदलीय बैठकको निर्णय अनुसार क्षेत्रहरुमा मतगणना सुरु हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार