मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

Ujyalosandeshonline 11775+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार र सरोकारवाला निकायलाई प्रभावकारी कार्ययोजनासहित अहिलेबाटै पूर्ण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए ।

सांसद पन्तले भने, ‘बाढी, पहिरोबाट धेरै मानिस प्रभावित हुने भनेर राष्ट्रिय विपत्त प्राधिकरणले भनिरहेको छ । तर, जोखिमलाई कम गर्न पूर्वतयारी के छ ? बाढी पहिरो र डुबानबाट बच्नको लागि राम्रो तयारी अहिलेदेखि गर्नुपर्यो र त्यसको बारेमा प्रदेश सरकार र सम्बन्धीत निकायलाई कसरी योजना र प्रक्रियामा सामेल गराउने हो सरकारले त्यता ध्यान दिनुपर्यो ।’

यस्तै, सोलुखुम्बुका सांसद मानवीर राईले पनि सरकारले मनसुनको पूर्व तयारीको लागि गरेका कार्यबारे चासो दिएका छन् । सोलुखुम्बु जिल्ला बाढी र हिम पहिरोको जोखिममा रहेको स्मरण गराउँदै उनले विपदजन्य प्राकृतिक प्रकोपको पूर्वतयारी गर्दा सोलुखुम्बु जिल्लालाई समेत प्राथमिकता दिन आग्रह गरे ।

‘मनसुन सुरु हुन लागेको छ । सोलुखुम्बु जिल्ला बाढी पहिरो र हिम पहिरोको जोखिममा परेको हुनाले मनसुनमा हुनसक्ने क्षतिबारे तयारीका लागि सरकारलाई आग्रह गर्दछु ।’

उनले सोलुको थुलुङ दूधकोशी र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि आगलागीमा परेका १४ घर परिवारका लागि बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

‘थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएका छन् । उहाँहरुको घरबासको व्यवस्थाको लागि सरकारसँग माग गर्न चाहान्छु,’ उनले भने ।

यस वर्षको मनसुन जेठ ३१ गतेबाट असोजको १८ सम्म आउने अनुमान मौसम विभागले गरेको छ । यो अवधीभर अत्याधिक वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ४ लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्य सबैभन्दा धेरै प्रभावित हुने कोशी प्रदेश हुने र मनसुनको कम प्रभाव कर्णाली प्रदेशमा पर्ने अनुमान सरकारको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार