मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

नौँ दलित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सार्यो

Ujyalosandeshonline 11003+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

वीरगन्ज । अविरल वर्षाका कारण डुबानको समस्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नौं दलित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । डुबानमा परी व्यक्तिको ज्यान जाने सम्भावना बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाको वडा नं. १९ का ती परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

घरमा पानी पस्न थालेपछि ज्यानमाथि जोखिम बढेपछि गएराति वीरगन्ज महानगरपालिका–१९ मा पर्ने डुम बस्तीबाट ६ परिवारलाई सोही स्थानमा रहेको भुवनेश्वर धर्मशालामा र ३ परिवारका १३ जनालाई वीरगन्जको लालबंगलामा सारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले वर्षाले जिल्लाका अधिकांश बस्तीहरू डुबानमा परे पनि ज्यानको क्षति भने नभएको बताए । 

वर्षाको पानी व्यक्तिका घर, पसल तथा उद्योगसम्म प्रवेश गरेपनि डुबानका कारण पर्सा जिल्लामा अहिलेसम्म कसैको ज्यान गएको छैन भन्ने जानकारी डिएसपी बस्नेतले दिए । वीरगन्ज महानगरपालिकाको मध्य भागबाट बग्ने सिर्सिया खोलाको तिरमा रहेका बस्तीहरू बढी डुबानमा परेको र सो क्षेत्रमा प्रहरीले उद्धार तथा राहत कार्य जारी राखेको उनले बताए ।

रानीघाटस्थित एक गाईफार्ममा गाईहरू असुरक्षित रहेको जानकारी पाएपछि त्यसको उद्धार कार्यसमेत प्रहरीको संयुक्त टोलीले गरिरहेको डिएसपी बस्नेतले बताए । हिजै फार्मका सञ्चालकलाई गाईहरू सुरक्षित स्थानमा लैजान जानकारी गराए पनि सञ्चालकले गाई फार्ममै छाडी गएपछि जनावरको ज्यान जोगाउन गाईहरू सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिएको बताए ।

हिजोदेखि परेको अविरल वर्षा केही घण्टादेखि रोकिएकोले अब बस्तीमा जमेको पानी बगेर जाने र मानिसहरूलाई राहत हुने विश्वास व्यक्त गरे । पर्सा जिल्लामा वर्षाका कारण ज्यानको क्षति नभए पनि डुबानका कारण कति व्यक्तिको सम्पत्तिमा हानी–नोक्सानी भयो भन्ने बारे यकिन तथ्याङ्क भने अहिलेसम्म आइसकेको छैन । डुबान प्रभावित क्षेत्रमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारीहरूको संयुक्त टोली उद्धार तथा राहतमा खटिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै