मुख्य समाचार
बदलिँदो सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो | अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट घोषित | नवलपुरको चुलीबोझा गाउँ | ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम | सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो | हिउँदभरि सुनसान हुन्छ बुकीपाटन | यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम | पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए | नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती | प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल सुरु |

नौँ दलित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सार्यो

Ujyalosandeshonline 9306+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

वीरगन्ज । अविरल वर्षाका कारण डुबानको समस्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले नौं दलित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । डुबानमा परी व्यक्तिको ज्यान जाने सम्भावना बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाको वडा नं. १९ का ती परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

घरमा पानी पस्न थालेपछि ज्यानमाथि जोखिम बढेपछि गएराति वीरगन्ज महानगरपालिका–१९ मा पर्ने डुम बस्तीबाट ६ परिवारलाई सोही स्थानमा रहेको भुवनेश्वर धर्मशालामा र ३ परिवारका १३ जनालाई वीरगन्जको लालबंगलामा सारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले वर्षाले जिल्लाका अधिकांश बस्तीहरू डुबानमा परे पनि ज्यानको क्षति भने नभएको बताए । 

वर्षाको पानी व्यक्तिका घर, पसल तथा उद्योगसम्म प्रवेश गरेपनि डुबानका कारण पर्सा जिल्लामा अहिलेसम्म कसैको ज्यान गएको छैन भन्ने जानकारी डिएसपी बस्नेतले दिए । वीरगन्ज महानगरपालिकाको मध्य भागबाट बग्ने सिर्सिया खोलाको तिरमा रहेका बस्तीहरू बढी डुबानमा परेको र सो क्षेत्रमा प्रहरीले उद्धार तथा राहत कार्य जारी राखेको उनले बताए ।

रानीघाटस्थित एक गाईफार्ममा गाईहरू असुरक्षित रहेको जानकारी पाएपछि त्यसको उद्धार कार्यसमेत प्रहरीको संयुक्त टोलीले गरिरहेको डिएसपी बस्नेतले बताए । हिजै फार्मका सञ्चालकलाई गाईहरू सुरक्षित स्थानमा लैजान जानकारी गराए पनि सञ्चालकले गाई फार्ममै छाडी गएपछि जनावरको ज्यान जोगाउन गाईहरू सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिएको बताए ।

हिजोदेखि परेको अविरल वर्षा केही घण्टादेखि रोकिएकोले अब बस्तीमा जमेको पानी बगेर जाने र मानिसहरूलाई राहत हुने विश्वास व्यक्त गरे । पर्सा जिल्लामा वर्षाका कारण ज्यानको क्षति नभए पनि डुबानका कारण कति व्यक्तिको सम्पत्तिमा हानी–नोक्सानी भयो भन्ने बारे यकिन तथ्याङ्क भने अहिलेसम्म आइसकेको छैन । डुबान प्रभावित क्षेत्रमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारीहरूको संयुक्त टोली उद्धार तथा राहतमा खटिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार