मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

‘मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको छ’

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

जनकपुरधाम । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ । धनुषा जिल्लामा चार निर्वाचन क्षेत्रमा १५४ जनाले  उम्मेदवारी दिएका छन् ।कार्यालय प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोगको आह्वान तथा पत्रअनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्येक उम्मेदवारले बैंक खाता खोलेर आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने भएकाले खाता खोल्नुपर्छ । साथै  आयोगले तोकेअनुसार खर्च गर्नुपर्ने रहेको छ ।

निर्वाचन आचारसंहिताविपरीत जिल्लाको विभिन्न स्थानमा राखिएका १५० हजार निर्वाचन प्रचारका सामग्री नियन्त्रणमा लिइएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेले भन्नुभयो । साथै निर्वाचनलाई प्रभावकारी बनाउनका लागि आचारसंहिताको पूर्णपालना गर्न तथा गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले आचारसंहिताविपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिनुभयो ।

त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सबैलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी लुइँटेलले निर्वाचनको सम्पूर्ण वातावरण निर्माण भएकाले निर्वाचन निष्पक्ष हुने विचार व्यक्त गर्नुभयो ।

साथै उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्तिसुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनटमा थप सुरक्षा निकाय पुग्ने छ उहाँको भनाइ थियो । उहाँले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने कार्य बन्द गर्नुपर्ने तथा त्यस्तो गरेको प्रमाणसहित फेला परेमा कारबाही हुने चेतावनी दिनुभयो । 

धनुषा जिल्लामा प्रतिनिधिसभाका सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र तथा ३२२ मतदानस्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलको रूपमा राखिएको छ । सो निर्वाचनमा तीन हजार ८७५ कर्मचारी परिचालन भएको बताइएको छ । चार हजार ५०० म्यादी प्रहरी पनि छनोट भइसकेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार