मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रेसुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थी सम्मानित

Ujyalosandeshonline 12444+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

तम्घास । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई गुल्मीको तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसले नगद पुरस्कार र छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ। क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामी र रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुभएको हो।

क्याम्पस सञ्चालक समितिको साउन २० गतेको बैठकको निर्णयअनुसार व्यवस्थापन संकायमा ७६.८ प्रतिशत अंक ल्याएर क्याम्पस सर्वोत्कृष्ट बन्नुभएकी अविना कुँवरलाई रु. १० हजार नगद पुरस्कार प्रदान गरिएको छ। सोही संकायका करिना टण्डन, करिस्मा टण्डन र रेशम पाण्डेयका साथै शिक्षाशास्त्र संकायका दीपक खनाल र मानविकी संकायका मेघराज खनाललाई जनही रु. ५ हजार नगद पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको छ।

सोही अवसरमा क्याम्पसका पूर्वविद्यार्थी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनाललाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रममा नगरप्रमुख पन्थीले क्याम्पसको शैक्षिक छविमा सुधार आएको बताउँदै स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीको पहिलो सेमेस्टरको शुल्कमा नगरपालिकाले अनुदान दिने घोषणा गर्नुभयो। २०३९ सालमा स्थापित यस क्याम्पसमा हाल गुल्मीसहित छिमेकी जिल्लाका गरी ७२५ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार