मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह

Ujyalosandeshonline 10783+ समाचार ( )
१ असार २०८२, आइतबार

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल शेर्पा संघ, संघीय कार्यसमितिको ७ औं राष्ट्रिय महाधिवेशनमा उनले प्राप्त अधिकारभन्दा बढि खोज्दा अहिले भएको उपलब्धी पनि गुम्ने भन्दै प्राप्त अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई पनि बिर्सन नहुने बताए ।

उनले भने, ‘तपाई–हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने प्राप्त गरेको अधिकार सुरक्षित राख्ने कि नराख्ने प्रश्न भन्ने प्रश्न छ । प्राप्त गरेको अधिकारभन्दा पनि बढि अधिकार खोज्दा अहिले प्राप्त गरेको उपलब्धी र अधिकारहरु छन् त्यो पनि गुम्ने हो की भन्ने चिन्ता छ । यस कारण प्राप्त गरेका अधिकारको महत्वलाई पनि बुझ्नुपर्छ । अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई बिर्सिनु हुदैँन् ।’

यस्तै, उनले लामो संघर्ष, त्याग, तपस्याबाट प्राप्त भएको अधिकारलाई सुरक्षित राख्न सक्नुपर्ने पनि बताए । उनले भने, ‘प्राप्त गरेको अधिकार कसैको दया मायाले दिएको होइन् । लामो संघर्ष, त्याग, तपस्याबाट प्राप्त भएको हो । यसलाई सुरक्षित राख्न सक्नुपर्छ । यसो गरेमात्र आम जनताको चहाना राजनीति स्थिरता र स्थिायित्वको आधारमा नेपाललाई सम्पन्नताको मार्गमा अगाडि बढाउन सकिन्छ र यसमा शेर्पा समुदायको पनि महत्वपूर्ण भूमिका हुन्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार