मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह

Ujyalosandeshonline 12614+ समाचार ( )
१ असार २०८२, आइतबार

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल शेर्पा संघ, संघीय कार्यसमितिको ७ औं राष्ट्रिय महाधिवेशनमा उनले प्राप्त अधिकारभन्दा बढि खोज्दा अहिले भएको उपलब्धी पनि गुम्ने भन्दै प्राप्त अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई पनि बिर्सन नहुने बताए ।

उनले भने, ‘तपाई–हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने प्राप्त गरेको अधिकार सुरक्षित राख्ने कि नराख्ने प्रश्न भन्ने प्रश्न छ । प्राप्त गरेको अधिकारभन्दा पनि बढि अधिकार खोज्दा अहिले प्राप्त गरेको उपलब्धी र अधिकारहरु छन् त्यो पनि गुम्ने हो की भन्ने चिन्ता छ । यस कारण प्राप्त गरेका अधिकारको महत्वलाई पनि बुझ्नुपर्छ । अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई बिर्सिनु हुदैँन् ।’

यस्तै, उनले लामो संघर्ष, त्याग, तपस्याबाट प्राप्त भएको अधिकारलाई सुरक्षित राख्न सक्नुपर्ने पनि बताए । उनले भने, ‘प्राप्त गरेको अधिकार कसैको दया मायाले दिएको होइन् । लामो संघर्ष, त्याग, तपस्याबाट प्राप्त भएको हो । यसलाई सुरक्षित राख्न सक्नुपर्छ । यसो गरेमात्र आम जनताको चहाना राजनीति स्थिरता र स्थिायित्वको आधारमा नेपाललाई सम्पन्नताको मार्गमा अगाडि बढाउन सकिन्छ र यसमा शेर्पा समुदायको पनि महत्वपूर्ण भूमिका हुन्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार