मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

‘घरभित्र हुने हिंसाबाट अझै पनि महिलाहरु पीडित’

Ujyalosandeshonline 12455+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

विराटनगर । एबिसी नेपालकी केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझै पनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् । एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि  खुलेर बाहिर आउन नसकेको बताउँदै त्यस्ता समस्यालाई पनि उजागर गर्नुपर्ने बताइन् । 

उनले भनिन्– ‘समस्या छ, तर बाहिर ल्याउन सक्दैनन् र यो सजिलो पनि छैन । तैपनि त्यस्ता हिंसालाई पनि सहज रुपमा बाहिर ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।’

संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिंदै अध्यक्ष कार्कीले संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइरहेको जानकारी दिइन् । जिल्ला शाखालाई सिमा क्षेत्र, कारागारलगायतका विभिन्न चारवटा क्षेत्रमा अल्पकालीन  काम गर्न सकिने बताउँदै अल्पकालीन कार्यक्रमको प्रस्ताव ल्याउन सुझाइन् ।

सामाजिक सेवामा इतिहास बनाएको संस्थामा जोडिन पाउँदा पनि गर्व गर्नुपर्नेमा जोड दिंदै एबिसीकी महासचिव चन्द्रा विष्टले काम गर्न आवश्यक बजेटबारे स्थानीय सहकारसंग पनि समन्वय गर्न सकिने विकल्प औल्याइन् । संस्थालाई दीर्घकालीन व्यवस्थापनका लागि कोष बनाउने योजना अघि बढेको बताइन् ।

कार्यक्रममा संस्थाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले काम गर्ने सिलसिलामा संस्थाले जिल्लामा भोग्नु परेको समस्याबारे अवगत गराएकी थिइन् । संस्था स्थापना भएदेखि हालसम्म संस्थाले गरेका गतिविधि  समेटिएको प्रतिवेदन एबिसी झापाकी सहसचिव उमा शिवाकोटीले प्रस्तुत गरिन् ।

प्रस्तुत प्रतिवेदन अनुसार एबिसी झापाले हिंसाविरुद्ध समाजमा भएका घटनाकाबारेमा आवाज उठाउनेदेखि बन्दि गृहका महिलालाई लक्षित गरी सिपमुलक (ब्याग बनाउने) कार्यक्रम सञ्चालन गरेको थियो ।

 त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थी लक्षित लागू औषध विरुद्ध सचेतनामुलक कार्यक्रम, जोखिमयुक्त समुदायलाई लक्षित गरी कानूनी परामर्श तथा सचेतनामुलक कार्यक्रम, स्टिकर अभियान, जोखिममा परेका बालबालिकालाई उद्दार सिप प्रदान र बस्ने वातावरण बनाउने लगायतका काम गरेको उल्लेख छ ।

कार्यक्रममा केन्द्रका भावी कार्यक्रम र योजनाबारे सहभागीले जिज्ञासा राखेका थिए । उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देविका निरौला बस्नेतले गरेकी थिइन् ।

कार्यक्रममा एबिसी नेपाल झापाकी कानूनी सल्लाहकार कमला आचार्य उप्रेती, एबिसी नेपाल कोशी प्रदेश कार्यालय लेखा फाँटकी इन्दिरा गौतम, इन्दिरा न्यौपाने, ज्योति रिजाल, शुष्मा पौडेल, उर्मिला खरेल, नम्रता रिजाल, डा= रोमी बुढाथोकी लगायतको सहभागीता थियो ।

सो अवसरमा जिल्लाका समस्याबारे अवगत गराउँदै सहभागीले सामाजिक तथा संवेदनशील क्षेत्रमा काम गर्न बजेटको भएको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

केन्द्रीय टोलीले आजै संस्थाका झापा शाखाको अनुगमन गर्नुका साथै काँकरभिट्टा सिमानाका र भद्रपुर नाकामा मानव बेचविखन तथा ओसारपसार र निगरानीबारे समेत जानकारी लिनुका साथै अवलोकन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार