मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

छाँयानाथको माथि बालै गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीय हर्षित, नाचगान र देउडासहित स्वागत

Ujyalosandeshonline 12614+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् ।

सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो । वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ  ।

छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख भामले चुनावी वाचाअनुसार गाउँगाउँमा सडक र विद्युत् पु–याउने प्रतिबद्धताअनुसार कार्य भइरहेको बताए । उनका अनुसार नगरपालिका भित्रका ८७ गाउँमध्ये अधिकांशमा सडक पुगेको छ भने बाँकी रहेका कम्फा, तिर्प, सुम्ली, मुर्मा र सालिम गाउँमा पनि आफ्नो कार्यकालमै सडक पु–याउने लक्ष्य रहेको बताए ।

स्थानीय बलबहादुर भामले गाउँमा बढी मात्रामा उत्पादन हुने आलु र सिमीलाई अब सहज रूपमा बजारसम्म पुर्याउन सकिने बताए । ‘पहिले दुई घण्टा बोकेर गमगढी पु–याउनु पथ्र्यो, धेरैजसो कुहिन्थ्यो,’ उनले भने, ‘अब गाडी आएको छ, बजार पहुँच सजिलो हुनेछ, र युवाहरू खेतीमै आकर्षित हुनेछन् ।’

उपप्रमुख मल्लले गाडी नपुगेका कारण गाउँका बिरामी र सुत्केरी महिलालाई डोकोमा बोक्नुपर्ने बाध्यता हटेको बताउँदै अब गाउँमा एम्बुलेन्स र अन्य सवारीसाधन पुग्न सक्ने अवस्था बनेको बताइन् । सडक विस्तारसँगै माथि बालै गाउँमा विकासको नयाँ ढोका खुलेको स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार