मुख्य समाचार
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट | बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध |

आर्थिक समृद्धिका लागि कांग्रेस सक्षम छ : मन्त्री सिंह

Ujyalosandeshonline 12498+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

रूपन्देही  । उपप्रधान मन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको  बताएका छन् । नेपाली कांग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक परिवर्तसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने उनको भनाई थियो । 

जसरी राजनीतिक अधिकार गुमेको बेलामा कांग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ,’उनले भने, ‘तर त्यसका लागि कांग्रेस सांगठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ ।  जनताले चाहेको जीवन र जिविकोपार्जन सहज होस् भन्ने सपना कांग्रेसलाई व्यवस्थित गर्यौं भने पूरा गर्ने क्षमता कांग्रेसले राख्छ ।’

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। उनले कांग्रेस कार्यकर्ताको मनोबल उठाउनुपर्नेमा जोड दिँदै पार्टीका कारण भएका उपलब्धीबारे नागरिकलाई जानकारी गराउनका लागि पनि स्थानीय पार्टी नेतृत्वलाई आग्रह गरे । सिंहले रूपन्देहीमा रहँदा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको अवलोकन गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार