मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

खेलकुदको विकासका लागि विहानदेखि वेलुकीसम्म खटिएको छु : मन्त्री चौधरी

Ujyalosandeshonline 12614+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि सरोकारवालाहरुसँग छलफलमा जुटिरहेको बताएका छन् ।

राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री चौधरीले खेलकुदलाई विकासको बाटोमा डो¥याउन सरोकारवालासँग एकजुट भएर अगाडि बढ्न तयार रहेको बताए ।

उनले भने,‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा खेलकुदलाई कसरी विकास गर्न सकिन्छ, योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालसँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु । खेलकुदलाई विकासको बाटोमा डो¥याउन सरोकारवालासँगग एक टिम भएर अगाडि बढ्न तयार छु ।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीनसय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको जानकारी दिए ।

१० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने पनि बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघर्ष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार