मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

‘अदालतमा मुद्दाको चाप घटाउन न्यायिक समितिमा न्यायाधीशकै व्यवस्था गर्नुपर्छ’

Ujyalosandeshonline 12457+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

काठमाडौ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका अधिवक्ता बिष्णुकुमार गिरी चर्चामा छन् ।

अधिवक्ता गिरीले अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयकजस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरिसकेका छन् । 

उनै अधिवक्ता गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने व्यवस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन, मैले जानिन भनेर क्षमा पाउँदैन । त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने विदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भइरहेका बेला अधिवक्ता गिरी कानुनी साक्षरता अभियानमा लागेका छन् ।

अभियानअन्र्तगत गिरीले विभिन्न स्थानीय निकाय, विद्यालय, सामुदायिक संघ संस्थाहरुमा कानूनसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । विभिन्न सञ्चार माध्यमबाट नियमित रुपमा कानूनसम्बन्धी लेख रचना तथा अन्तरवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिँदै आएका छन् ।  

मेलमिलापकर्ता समेत रहेका अधिवक्ता गिरी पछिल्लो समय कानूनसम्बन्धी विबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिँदै आएका छन् । 

स्थानीय तहमा रहेका न्यायिक समितिमा न्यायाधीशकै व्यवस्था गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका गिरी जनसरोकारका विषय भेट्यो कि त्यसको कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउन पुगिहाल्छन् । 

उनले पैसा खर्च गर्न नसक्नेका लागि निःशुल्क कानुनी सहायता पनि गर्दै आएका छन् । अधिवक्ता गिरीसँग पत्रकारिता गरेको अनुभव पनि छ । पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्बाह गरेर काम गरेको अनुभव उनीसँग छ ।

गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका दिनमा आफूलाई निरन्तरता दिँदै आएका गिरी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । विभिन्न देशमा पुगेर उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । अधिवक्ता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, विशेष नागरिक सम्मान २०७९ लगायत दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार