मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

रासस 583+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

लुम्बिनी । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको आज स्थलगत अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उहाँले चितवनबाट स्थलमार्ग हुँदै नवलपरासीका विभिन्न क्षेत्रमा अवलोकन गर्नुका साथै निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको छ । 

गृहमन्त्री गुरुङ निर्माणाधीन राजमार्गको अवस्थाका जानकारी लिएर स्थलमार्ग हुँदै आज रुपन्देही आइपुग्नुभएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार गृहमन्त्री आजै भैरहवाबाट काठमाडौँ फर्कनुभएको छ ।

त्यस्तै गृहमन्त्री गुरुङले आजै निर्माणाधीन बुटवल-गोरुसिङ्गे सडकको विषयमा जानकारी लिनुभएको छ । राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको उक्त आयोजनाका लागि आवश्यक नदीजन्य सामाग्रीको अभावले निर्माणले गतिलिन नसकेको बारेमा आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले गृहमन्त्रीलाई जानकारी दिनुभयो ।

साथै गृहमन्त्री गुरुङले आज निर्माण कम्पनीका प्रतिनिधिसहित बुटवलको तिनाउ नदीको मगरघाट क्षेत्रको अवलोकन गर्नुभएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । सो क्षेत्र तिनाउ नदीबाट नदीजन्य पदार्थ निकाल्न मिल्ने स्थानका रूपमा मानिएको उहाँको भनाइ छ । आयोजना प्रमुख न्यौपानेले निर्माण व्यवसायी र आयोजना कार्यालयका तर्फबाट नदीजन्य पदार्थको अभाव हुँदा काम प्रभावित भएको विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराइएकाले समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय गौरवको आयोजना बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजनाका लागि आवश्यक माटो, भष्कट र नदीजन्य सामग्रीको अभावका कारण पुल, कल्भर्ट र नालीबाहेकका अधिकांश काम ठप्पजस्तै भएका छन् । उहाँका अनुसार नदीजन्य पदार्थको अभावले प्रभावित बनेको क्षेत्रअन्तर्गत बुटवलको पाखापानबाट रुपन्देहीको कोठीनदीसम्म पर्दछ ।

“बुटवलको पाखापानबाट कोठीनदीसम्मको क्षेत्रका अधिकांश ठाउँमा लाखौँ घनमिटर माटो, भस्कट र नदीजन्य सामग्री आवश्यक पर्दछ । यस आयोजनाका लागि अझै माटो तथा भष्कट आठ लाख १० हजार घनमिटर र नदीजन्य पदार्थ करिब सात लाख ४९ हजार घनमिटर आवश्यक पर्दछ”, आयोजना प्रमुख न्यौपानेले भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार