मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

धनुषाको हंसपुर नगरपालिकामा माओवादीको धर्ना

Ujyalosandeshonline 12490+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

जनकपुर । धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै धर्ना जारी राखेका छन् । उनीहरुले वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै उक्त संरचना हटाउन माग गरेका छन् । 

माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै मेयर प्रदिप यादवलाई ज्ञापनपत्र बुझाएका छन् । तर, मेयर यादवले निर्णय तत्काल लागू गर्न अस्वीकार गरेपछि उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् । 

धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता भए तालाबन्दी खोल्ने बताएका छन्। तर, सहमति नजुट्दा नगरपालिकाको प्रशासनिक कार्य प्रभावित भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय नेता राजेश सक्सेनाले मेयरले कार्यपालिकाको निर्णय कार्यान्वयन नगरेका कारण बाध्य भएर धर्ना दिनु परेको बताएका छन् । 

यसैबीच, मेयर यादव र माओवादी कार्यकर्ताबीच केही चरणको वार्ता भए पनि सहमति जुट्न सकेको छैन । माओवादी नगर कमिटीले ३० बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । यदि विद्यालय परिसर खाली गराउने निर्णय कार्यान्वयन नभए, आन्दोलन अझ सशक्त बनाउने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार