मुख्य समाचार
नेपालगन्जमा स्पा सञ्चालक पक्राउ | पर्यटन प्रवर्द्धन गर्न साँत बुँदे घोषणापत्र जारी | गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते | पोखरा–जोमसोम हवाई उडान पुनः सुरु | स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता | सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग | प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग | उपल्लो मुस्ताङ जाँदै पर्यटक | सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन | बेलहिया सीमा क्षेत्रमा प्रहरीको कारबाही: कारसहित साढे ३१ लाखको सामान बरामद |

रवि लामिछानेको बयान सुरु

Ujyalosandeshonline 12132+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको आरोपमा भैरहवा ल्याईएको छ । पोखरा बिमानस्थलमा बिहान ६ बजे नै पुगे पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उनलाई १२ः२८ बजे मात्र ल्याईएको थियो । 

पोखराबाट विहान ७ बजेको उडान भए पनि भैरहवाको खराब मौषमको कारण लामिछानेलाई ढिलो गरि भैरहवा ल्याईएको हो । कडा सुरक्षाका बिच लामिछानेलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय, रुपन्देहीमा पु¥याईएको थियो । 

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालयमा बयान जारी रहेको छ । उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा भैरहवा ल्याएलगत्तै बयान सुरु भएको हो ।  

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुनेमा लामिछाने, छविलाल जोशी, दीपक लामा, अनन्तबाबु राई, बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङ छन् ।

रविलाइ भैरहवा ल्यइने जानकारी पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले विहानै देखि गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल अगाडी प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार