मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

हरैया बहुमुखी क्याम्पस QAA प्रमाणीकरणको अन्तिम चरणमा

जगीलाल थापा 30+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

कञ्चन । रुपन्देहीको ग्रामीण क्षेत्रमा अवस्थित हरैया बहुमुखी क्याम्पस उच्च शिक्षाका लागि गुणस्तर आश्वासन एजेन्सी (QAA) मान्यता प्रमाणीकरणको अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गतको गुणस्तर आश्वासन तथा प्रमाणिकरणका लागि आयोगका प्रतिनिधिहरूले क्याम्पसको अन्तिम अवलोकन तथा निरीक्षण गरिरहेका छन् ।

कात्तिक २९ गतेसम्म चल्ने यस निरीक्षणमा टोलीले क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार, वित्तीय व्यवस्थापन तथा छात्र-छात्रा सहभागिता लगायतका विभिन्न पक्षहरूको गहन अध्ययन गरी सरोकारवालाहरूसँग अन्तरक्रिया र छलफल गर्नेछ। निरीक्षणका क्रममा क्याम्पसले प्रस्तुत गरेका दस्तावेज र प्रतिवेदनका आधारमा प्रश्नोत्तर सत्र समेत सञ्चालन हुनेछ।

UGC का हरैया बहुमुखी क्याम्पस QAA संयोजक प्राध्यापक डा. लेखनाथ भट्टराईले क्याम्पसले उच्च शिक्षाको गुणस्तरीयताका मापदण्डहरू पूरा गर्न उल्लेखनीय प्रगति गरेको बताउनुभयो। अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले QAA प्रमाणीकरण प्राप्त गरेपछि क्याम्पसले अझ उच्च शैक्षिक उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले हरैया बहुमुखी क्याम्पसले UGC का सबै मापदण्ड र प्रक्रियाहरू पूरा गरी छिट्टै QAA मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो। शिक्षाशास्त्र संकाय प्रमुख तथा QAA फोकल पर्सन विनोद पौडेलले प्री-भिजिटमा प्राप्त सुझाव अनुसार भएका कामको प्रगति विवरण प्रस्तुत गर्दै क्याम्पसले सबै आवश्यक मापदण्ड पूरा गरेको जानकारी दिनुभयो।

क्याम्पस प्रमुख प्रकाश खनालले UGC प्रतिनिधिहरूलाई स्वागत गर्दै अनुगमन सफलतापूर्वक सम्पन्न हुने र छिट्टै QAA प्रमाणीकरण प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो। उपस्थित शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूले क्याम्पसले QAA मान्यता प्राप्त गरी खोज अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सुझाव दिएका थिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टिकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रकाश खनालले स्वागत मन्तव्य दिनुभएको थियो भने लेखापाल कपिलमणि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार