मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

हरैया बहुमुखी क्याम्पस QAA प्रमाणीकरणको अन्तिम चरणमा

जगीलाल थापा 30+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

कञ्चन । रुपन्देहीको ग्रामीण क्षेत्रमा अवस्थित हरैया बहुमुखी क्याम्पस उच्च शिक्षाका लागि गुणस्तर आश्वासन एजेन्सी (QAA) मान्यता प्रमाणीकरणको अन्तिम चरणमा पुगेको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) अन्तर्गतको गुणस्तर आश्वासन तथा प्रमाणिकरणका लागि आयोगका प्रतिनिधिहरूले क्याम्पसको अन्तिम अवलोकन तथा निरीक्षण गरिरहेका छन् ।

कात्तिक २९ गतेसम्म चल्ने यस निरीक्षणमा टोलीले क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार, वित्तीय व्यवस्थापन तथा छात्र-छात्रा सहभागिता लगायतका विभिन्न पक्षहरूको गहन अध्ययन गरी सरोकारवालाहरूसँग अन्तरक्रिया र छलफल गर्नेछ। निरीक्षणका क्रममा क्याम्पसले प्रस्तुत गरेका दस्तावेज र प्रतिवेदनका आधारमा प्रश्नोत्तर सत्र समेत सञ्चालन हुनेछ।

UGC का हरैया बहुमुखी क्याम्पस QAA संयोजक प्राध्यापक डा. लेखनाथ भट्टराईले क्याम्पसले उच्च शिक्षाको गुणस्तरीयताका मापदण्डहरू पूरा गर्न उल्लेखनीय प्रगति गरेको बताउनुभयो। अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले QAA प्रमाणीकरण प्राप्त गरेपछि क्याम्पसले अझ उच्च शैक्षिक उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले हरैया बहुमुखी क्याम्पसले UGC का सबै मापदण्ड र प्रक्रियाहरू पूरा गरी छिट्टै QAA मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो। शिक्षाशास्त्र संकाय प्रमुख तथा QAA फोकल पर्सन विनोद पौडेलले प्री-भिजिटमा प्राप्त सुझाव अनुसार भएका कामको प्रगति विवरण प्रस्तुत गर्दै क्याम्पसले सबै आवश्यक मापदण्ड पूरा गरेको जानकारी दिनुभयो।

क्याम्पस प्रमुख प्रकाश खनालले UGC प्रतिनिधिहरूलाई स्वागत गर्दै अनुगमन सफलतापूर्वक सम्पन्न हुने र छिट्टै QAA प्रमाणीकरण प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो। उपस्थित शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूले क्याम्पसले QAA मान्यता प्राप्त गरी खोज अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सुझाव दिएका थिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टिकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रकाश खनालले स्वागत मन्तव्य दिनुभएको थियो भने लेखापाल कपिलमणि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार