मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ : कमल थापा

Ujyalosandeshonline 12444+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुने भ्रम नराख्न आग्रह गरेका छन् । मंगलबार भएको संयुक्त जनआन्दोलनलाई सम्बोधन गर्दै उनले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न नसकिने भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । 

उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरुले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न सकिदैँन् ।’

यस्तै, उनले प्रहरीको दमन कायम गरेर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुलाई जोगाउन सकिन्छ भनेर सोच्नु सपना मात्र भएको पनि बताए । कुनै कानून उल्लंघन नगरि भएको शान्तिपूर्ण जुलुसमाथि लाठी प्रहार गर्ने, बुटले हान्ने, प्रतिबन्ध लगाउने जस्ता अपराधका कार्य र दुस्प्रयास कायर र भ्रष्ट सरकारले गरेको उनको आरोप छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार