मुख्य समाचार
नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान | ‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा नौबुँदे निर्देशिका जारी | सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ |

कर्तव्य ज्यान मुद्दाका फरार १२ वर्षपछि पक्राउ

Ujyalosandeshonline 11310+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यन्वयन सिलसिलमा १२ वर्ष देखि फरार सूचीमा रहेका रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ (साबिक मर्यादपुर गाविस–२, ) का प्रतिवादी बीरेन्द्र जयसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर भट्टले बताए ।

प्रहरीका अनुसार स्थानीय राजु हरिजनको जाहेरीले कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीले ०६८ कार्तिक २८ गते दुई वर्ष कैद सजाए फैसला सुनाएको थियो । दुई वर्ष कैद सजाए भुक्तान गरेर जयसवाल मुक्त भएका थिए । पीडित परिवारलाई जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि तत्कालीन पुनरावेदन अदालत बुटवलमा फैसला पुनरावेदनका लागि निवेदन दिएका थिए ।

पुनरावेदन अदालत बुटवलले ०६९ पुस १५ गते जिल्ला अदालतको फैसला उल्टाएर प्रतिवादी जयसवाललाई १० वर्ष कैद सजाएको फैसला सुनाएको थियो । पुनरावेदनको फैसलाबिरुद्ध प्रतिवादी जयसवाल सर्वोच्च अदालत पुगेपनि सर्वोच्चले ०७६ जेठ २७ गते पुनरावेदनकै फैसला सदर गरेको थियो । पक्राउ परेका जयसवालले जिल्ला अदालत रुपन्देहीले सुनाएको फैसला अनुसार दुई वर्ष कैद सजाए भुक्तान गरेकोले अब आठ वर्ष सजाए भुक्तान गर्नेछन् । जयसवाल बालक हत्यामा दोषी ठहरिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार