मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

चीनको कोइलाखानीमा विस्फोट, १० कामदारको मृत्यु

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । चीनको हेनान प्रान्तको एक कोइलाखानीमा भएको दुर्घटनामा १० कामदारको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता भएका छन् । राज्य प्रसारक सीसीटीभीले शुक्रबार दिउँसो २ः ५५ बजे पिंगडिङशानमा दुर्घटना भएको शनिबार मात्रै जनाएको हो । कोइला र ग्यास विस्फोटका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले स्थानीय अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा १० जनाको मृत्यु भएको जनाएको छ । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा दुर्घटना भएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुर्घटनाको समयमा खानीमा ४ सय २५ जना काम गरिरहेका थिए, जसमध्ये ३ सय ८० जनालाई बाहिर निकालिएको छ ।

उद्धार कार्य जारी छ । खानी इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चीनमा खानीमा काम गर्ने क्रममा दुर्घटना हुनु सामान्य घटनाजस्तै छ । तर, पछिल्लो समय मृत्यु हुनेको संख्या बढेको छ । चीन विश्वको सबैभन्दा ठूलो कोइला उत्पादक र उपभोक्ता राष्ट्र हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार