मुख्य समाचार
इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने |

कोशी मन्त्रिपरिषद विस्तार, ६ जना मन्त्रीद्वारा शपथग्रहण

Ujyalosandeshonline 12320+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

विराटनगर । कोशी प्रदेश सरकारमा चारजना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा थपिएका उनीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले उनीहरुलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन् ।

थपिएका मन्त्रीहरुमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री छन् । सनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यस्तै, कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त गरिएको छ ।

माओवादीबाट संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास र उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि कात्तिक १७ गते मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार