मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कोटहीमाई गाउँपालिकामा मन्त्रालय र स्थानीय तहबीच अन्तरक्रिया, सेवा प्रवाह र चुनौतीबारे छलफल

जैसमोहम्मद खान 76+ समाचार ( )
१६ मंगशिर २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थानीय तहका कार्यक्रमहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव दिपक ढकालले संघीयतामा स्थानीय सरकार सबैभन्दा शक्तिशाली रहेको बताउँदै, जनतालाई विश्वसनीय र जनमुखी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकारको व्यवहारले नै समग्र सरकारको अनुहार झल्काउने विचार व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले सङ्घीय मन्त्रालयबाट समयमै निर्देशन नआउँदा काममा अलमल हुने गरेको गुनासो गर्नुभयो। उहाँले गत आर्थिक वर्षमा पालिकाले चालुतर्फ ९६.४ प्रतिशत र पुँजीगततर्फ ७१.१७ प्रतिशत बजेट खर्च गरेको जानकारी दिनुभयो । साथै, उहाँले कर्मचारी दरबन्दी अभाव, योजना कार्यान्वयनमा कानुनी अड्चन, अख्तियारमा पर्ने उजुरी र नदीजन्य पदार्थको ठेक्का लगायतका चुनौतीहरू अझै कायम रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, विभिन्न वडाका वडाध्यक्षहरू तथा शाखा प्रमुखहरूले पालिकाका समस्या र चुनौतीबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार