मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने

Ujyalosandeshonline 12455+ समाचार ( )
२९ माघ २०८०, सोमबार

उदयपुर । फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसअघि संघीय सरकारले उक्त दिन विदा दिने निर्णय गरेको थियो । विदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो । सर्वाेच्च अदालतले विदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो ।

लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले विज्ञप्ति जारी गर्दै फागुन १ गते गाउँपालिकामा सार्वजनिक विदा दिइएको जनाएका छन् । अध्यक्षस्तरीय निर्णय गर्दै विदा दिने निर्णय भएको जनाइएको छ ।

संघीय सरकारले गत वर्ष उक्त दिन विदा दिने निर्णय गरेको थियो ।  पुस १३ गते सर्वाेच्च अदालतका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त विदा असंवैधानिक भएको ठहर गरेको थियो ।

यसैबीच, संघीय सरकारको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।

‘सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषदको मिति २०८०–१०–२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९–१२–०२) मा प्रकाशित २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सावजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा  भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार