प्रतीकात्मक तस्वीर
मर्चवार । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका लुटेराहरुले साढे ५ लाख रुपैया लुटेका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर बस्ने श्रीप्रकाश बरई लुटिएका छन् ।
मर्चवारी गाउँपालिका अध्यक्ष समेत रहेका पिडितका दाजु गया प्रसाद बरईका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ६ डिहुली गाउँ नजिकै भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका २ जना लुटेराले पेस्तोल देखाई उक्त रकम लुटेर लगेका हुन् । “भैरहवाको नबिल बैंकबाट रकम निकालेर घर फर्किने बेलामा रकम लुटिएको हो ।” बरईले भने “अज्ञात लुटेराले मोटरसाईकलमै रहेका भाईलाई पेस्तोल तेस्र्याई साढे ५ लाख लुटेका छन् ।”
मर्चवारमा लुटको घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टले पनि पुष्टि गरेका छन् । “मर्चवारमा साँझ करिब साढे ६ बजे लुटको घटना भएको खबर आएको छ ।” भट्टले भने “हुलियाको आधारमा आरोपीहरुको खोजबिनको लागि प्रहरी परिचालन गरिएको छ, अन्य अनुसन्धान भइ रहेको छ ।”
Sammari mai ga.Pa. 6 ho