मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

मेरो राजीनामा माग्नेहरु अन्ततः हारे – पर्यटन मन्त्री किराती

Ujyalosandeshonline 11844+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई विभिन्न आक्षेप लगाएर राजीनामा माग्नेहरु असफल भएको दाबी गरेका छन् । 

काठमाडौंमा मंगलबार आयोजित ‘तिमी छौं र त’ गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही दिनअघि क्रिसमसको कार्यक्रममा उनले दिएको अभिव्यक्तिको व्यापक विरोध भएको थियो ।  

‘पशुपति हाम्रो सभ्यता र सम्पदाको पनि केन्द्र भनेर मैले १७ हप्ता गुहुमुत सोरेँ, यही हात हो । मलाई पशुपति विरोधी नै बनाउन खोजे तर पशुपति त भगवान नै रहेछन्,’ उनले भने, ‘पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे । भगवान रहेछन् जस्तो पनि लाग्न थाल्यो ।’ आफूले अनर्गल अभिव्यक्ति नदिएको दाबी उनले गरे ।

आफ्नो अभिव्यक्तिको विरोधीहरु धर्म विरोधी भएको आरोप उनले लगाए । ‘युगको नेतृत्व गर्छस् भन्ने मान्छेले भालेको डाकमै आँखाका कचेरा नपुछी स्टाटस लेख्छ राजीनामा दे भनेर,’ उनले आक्रोश पोखे, ‘के संविधानको व्याख्या गर्न नहुने ? के राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले राजीनामा दिन तयार छु । मेरो पदभन्दा देश ठूलो छ । मेरो लागि देशभन्दा माथि केही छैन । म धर्म मान्छु । मेरो धर्म नेपाली हो । मेरो मन्दिर देश हो र भगवान जनता हुन् ।’ 

उनले धर्मको रक्षाका लागि भन्दै आफूविरुद्ध अभिव्यक्ति दिनेहरुलाई मतिभ्रष्ट रहेको आरोप लगाए । ‘आफूचाँहि लामो टुप्पी पालेर धर्म जपेको जपेकै गरेर आपराधिक काम गर्ने, अनि छोराछोरी सबै क्रिस्मस डेमा टेक्ने ठाउँ नहुने गरी ठमेल जाने, अनि बाँच्छ त हाम्रो धर्म यस्तो तरिकाले ?’ उनले कटाक्ष गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार