मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

ढुंगा–बालुवा ठेक्कामा भ्रष्टाचार आरोपमा १० कर्मचारीसहित १३ विरुद्ध मुद्दा

Ujyalosandeshonline 12461+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा आर्थिक अनियमितता गरेको आरोपमा १० कर्मचारसहित १३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

आर्थिक वर्ष २०७६÷७७ मा भएका दुई ठेक्कामा भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन इन्जिनियर विजयकुमार खत्री, सबइन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै  र सहलेखापाल छविलाल सुनारविरुद्ध ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ मागदाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।  

मुद्दामा सुर्खेतका न्यु हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल र एञ्जल कन्सट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढा क्षेत्रीलाई पनि प्रतिवादी बनाइएको छ । हरि निर्माण सेवाका सञ्चालकविरुद्ध आयोगले उनीहरुविरुद्ध आयोगले ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ मागदाबी लिएको छ भने एञ्जल कन्सट्रक्सनका सञ्चालकविरुद्ध २१ लाख १ हजार ६ सय ९६ रुपैयाँ मागदाबी लिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा लगाएका विभिन्न ठेक्कामध्ये भेरीनदी गोछेखोला, छिन्चुखोला र डुंगिखोलाका नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री ठेक्कामा भ्रष्टाचार भएको आयोगको ठहर छ । बदनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न इन्कार गरे पनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नका लागि पत्राचार नगर्ने कसुर अनुसन्धानमा देखिएको आयोगले जनाएको छ । खरिद कानूनले निर्देश गरेको प्रक्रियाविपरीत पहिलोबाट एकैचोटि चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानुन विपरीतका कार्य गरी ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ बराबरको राजस्व रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको आयोगको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार