मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

प्रधानमन्त्री कप क्रिकेट :
पुलिसको लगातार पाचौं जित, सुदूर ६१ रनले पराजित

Ujyalosandeshonline 12463+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाचौं जित निकालेको छ । मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराउदै पुलिसले प्रतियोगिताको हाल सम्मकै शत प्रतिशत नतिजा निकालेको हो । 

१६१ रनको लक्ष्य पछ्याएको सुदूर २८.३ ओभरमै आफ्नो सबै विकेट गुमाउदै ९९ रन मात्र बनाउन सक्यो । सुदूरका लागि शेर मल्ल (३२ रन ) र मिलन बोहरा (२३ रन) ले केही राम्रा शट खेले पनि अन्य ब्याट्सम्यानहरुले निराश बनाए । सुदूरका अर्का ब्याट्सम्यान टेक रावतले १२ रन बनाउदा अन्य अरु ब्याट्सम्यानहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । 

सुदूरलाई ९९ रनमै सिमित गर्न म्यान अफ द म्याच समेत रहनुभएका ललित राजवंशीले ७ ओभरमा मात्र १६ रन खर्चिदै ६ विकेट लिए । यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए । 

यस अघि टस जितेर ब्याटिङ्ग रोजेको पुलिसले पनि खासै रन जोड्न सकेको थिएन । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा पुलिसले निर्धारित ५० ओभर पनि खेल्न सकेन । उसले ४७ ओभरमै सबै विकेट गुमाउदै १६० रन मात्र बनाएकोे थियो । 

स्टार ब्याट्सम्यानहरुले भरिएको पुलिसले टस जितेर ब्याटिङ रोजेको थियो । ओपनरहरुलाई सुरुमै गुमाएपछि पुलिस त्यसपछि भने सम्हालिन सकेन । ठूलो स्कोर बनिरहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा पुलिसले झिनो स्कोर बनाएका थिए । पुलिसका लागि सबैभन्दा धेरै ४२ रन कप्तान दिपेन्द्र सिंह ऐरीले बनाए । उनले ४७ बलको सामना गर्दै ५ चौकाको सहयोगमा ४२ रन बनाए । यस्तै आरिफ शेखले ६४ बल खेल्दै ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए । पुलिसका लागि दिलिपनाथ १९ रन र अमित श्रेष्ठले १८ रन बनाए । अन्तिम विकेटको रुपमा सागर ढकालले महत्वपूर्ण २२ रन जोडे ।

बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले आफ्नो १० ओभरको स्पेलमा १ मेडेन सहित ४३ रन खर्चिएर ४ विकेट लिए । यसै गरि भोजराज भट्टले ३ विकेट र शेर मल्लले २ विकेट लिदा हेमन्त धामीको नाममा १ विकेट रह्यो । 

प्रतियोगितामा ५ खेल खेलेको पुलिस ५ वटैमा जित निकाल्दै खेलको अंकतालिकामा १० अंक सहित शिर्ष स्थानमा रहेको छ भने ५ खेल नै खेलेको सुदूर १ मा जित र ४ खेलमा पराजय सहित २ अंक लिएर प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार